• होमपेज
  • बडिमालिका
  • जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै संकास्पद बस्तु फेला

जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै संकास्पद बस्तु फेला

  • शनिबार, साउन १४, २०७९
जिल्ला प्रहरी कार्यालय  बाजुरा नजिकै संकास्पद बस्तु फेला

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै बम जस्तै देखीने संकास्पद बस्तु फेला परेकाे छ ।   जिल्लाको बडिमालिका–९ स्थित रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुराकाे नजिकै बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको हाे ।

रेडिायो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै रहेको दिनेश विकको शाैचालयको पछाडि पट्टी संकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उक्त बस्तुलाइ नेपाली सेनाकाे टाेली छानबिन गरिरहेकाे  र डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त बस्तु कसले राखेकाे हाे र किन राखेकाे हाे भन्ने बिषयमा  अनुसन्धान भइरहेकाे  जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार