सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका यात्रा सहज बनाउन सरोकारवालहरु संग छलफल

बडिमालिका यात्रा सहज बनाउन सरोकारवालहरु संग छलफल

  • शुक्रबार, साउन १३, २०७९
बडिमालिका यात्रा सहज बनाउन सरोकारवालहरु संग छलफल

बाजुरा — बडिमालिकामा हरेक बर्ष साउन पुर्णिमाकाे अघिल्लो दिन पुजा लाग्ने गर्दछ । सोही पुजालाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा बडिमालिका नगरपालिकाले सरोकारवालाहरु संग छलफल पनि गरेको छ । बडिमालिका नगरपालिकाले बडिमालिका यात्रा बर्ष रुपमा सफल पार्न बिभिन्न गतिबिधीहरुलाई अगाडी बढाएको नगर उप प्रमुख नन्दा थापाले बताएकी छन ।

शुक्रबार बिहान सरोकारवालाहरु संगको छलफलमा बडिमालिका यात्रालाई सभ्य र भब्य बनाउन के के गर्न सकिन्छ भन्ने बिषयमा छपलफल गरिएको बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महतले बताएका छन । बडिमालिकामा आन्तरिक र बाह्य पर्यटक बढाउन बडिमालिका यात्रा बर्ष प्याकेज सुरु गर्ने भएको ले तिर्थयात्रीहरुको सहजताका लागी गाइड तथा भरियाहरुको ब्यबस्था गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए । सोही क्रममा सदरमुकाम हुदै बडिमालिका जाने यात्रुहरुका लागि आवसको ब्यस्थापन नगरपालिकाले गर्ने बिकले बताए ।

त्यसै गरी नगरपालिकाको समन्वय तथा सहयोगमा बडिमालिका यात्रामा सदरमुकाम हुदै जाने यात्रुहरुका लागि बिभिन्न ठाउँमा स्वागत गेट बनाउने लगायतको कार्यतालिका रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताए । यो प्याकेजमा बडिमालिका नगरपालिका बडा न ६ का अध्यक्ष कृष्ण खड्काको सन्योजकत्वमा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

बडिमालिकाका पाटन क्षेत्रमा यात्रुहरुले पलास्टिक जन्य समानको कम प्रयोग गर्न र गरिएको खण्डमा नगरपालिकाले सरसफाई समेत गर्ने र शौचालयहरु बिभिन्न ठाउँमा जेष्ठ नागरिक बस्न नपाएका यात्रुहरुलाई पालको ब्यबस्थापन नगरपालिकाले गर्ने जनाएको छ । बडिमालिका जान र पुजा मेलालाई ब्यबस्थापनका लागि जिल्ला स्काउटलाई परिचालन गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ । वडा न ८ र ९ का वडा अध्यक्ष चन्द्र थापा र सुर्यकिरण बि क लाई जिल्लाबाट जाने सरकारी टोलीको बिदाई तथा स्वागतका लागि कलश, जमरा र बाजाको ब्यबस्थापनका लागि जिम्मेवारी दिने निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।

बडिमालिका नगरपालिकाले जिल्ला बाहिरका पर्यटकलाइ सहजीकरण गर्नुका साथै खान बस्नको ब्याबस्था गर्ने र बडिमालिका क्षेत्रलाई उजागर गर्न समिती निर्माण गरिएको बडिमालिका नगरपालिका निमित्त प्रुमख प्रसासकिय अधिकृत रंगमल विकले बताएका छन ।
बडिमालिकालाइ एक प्रसिद्ध पर्यटन क्षेत्रको रूपमा परिचित गर्न बाजुरा जिल्ला भरिका स्थानीय तहका जनप्रतिनिधि संग सहकार्य गरि अगि बड्न गरि नगरपालिकाले सो गतिबिधी अगाडी बढाएकोले सो क्षेत्रको प्रबद्धनमा सबैले हातेमालो गरेर अगाडी बढ्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।

“बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो पनि रहेको र बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन, जिल्ला बाहिरका पर्यटकलाइ बाटो खाना बस्नको सहजीकरण गर्यो भने पनि पर्यटक बढ्न सक्ने “हेतुले बडिमालिका यात्रा बर्ष सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूणर् मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन ।
बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् र जताततै फैलिएका पाटन हुन। बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन्।

बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ । बाटोमा खाने बस्ने व्यवस्था नभएकोले यो बर्ष बडिमालिका नगरपालिकाको समन्वयमा अस्थाई होटल बासहरुको ब्यबस्थापनमा जुटिरहेको नगरपालिकाले जनाएको छ । उक्त क्षेत्रमा जनैपुणीमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् ।

बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टर मार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपूणिर्माको दिनमा लाग्ने गरेको छ । जनैपूणिर्माको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गर्छन।

बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनाथि मेलामा आउने गर्दछन। बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बिश्वासकाले दर्सनाथीहरु आउने गर्छन।

चर्चामा

सम्बन्धित समाचार