गजल!

  • बिहिबार, साउन १२, २०७९
गजल!

सबै काम छाडी शंघर्षको आवहान हुन्छ,
समर्थनमा देश बिदेशभरी धुनधान हुन्छ।

स्वार्थि नेताले खुब फाइदा उठाउँछन सधै,
देश र बिदेश भरी उनैको ठुलो शान हुन्छ।

राणा फाल्यौं राजा फाल्यो सोंच फालेनौं,
आन्दोलनको नेतृत्व कर्तानै वेइमान हुन्छ।

यो स्वार्थ पनि समाजमा गम्भिर रोघ भयो,
जस्तै मानव सरिरको लागी ध्रुमपान हुन्छ।

नारा घनकाए क्रान्तिकारी अवसरबादी ले,
स्वार्थ पुरा गर्ने आन्दोलनमा उफान हुन्छ।

बिकास कुन चराको नाउहो के थाहा भयो,
सरकारमा पुगेसी बिकासका उखान हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार