शनिबार, मंसिर २२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेपाल प्रजातान्त्रिक फार्मेसी संघ सुदुरपश्चिम को अध्यक्षमा बुढा मनोनीत

नेपाल प्रजातान्त्रिक फार्मेसी संघ सुदुरपश्चिम को अध्यक्षमा बुढा मनोनीत

  • मङ्लबार, साउन १०, २०७९
नेपाल प्रजातान्त्रिक फार्मेसी संघ सुदुरपश्चिम को अध्यक्षमा बुढा मनोनीत

बाजुरा — नेपाल प्रजातान्त्रिक फार्मेसी संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भरत बुढा मनोनीत भएका छ्न। फार्मेसी पेशा लाई सबैको पहुँचमा पुर्याउन, थप मर्यादित बनाउन बुढालाइ मनाेनित गरिएकाे हाे ।

फार्मेसी पेशाका जनशक्ति लगायत फार्मेसीका हक, हित र सुरक्षाका लागी नेपाल प्रजातान्त्रिक फार्मेसी संघको बिधान बमोजिम सुदुरपश्चिम प्रदेशका समग्र ९ वटै जिल्लाको ब्यबस्थापन र संगठनात्मक परिधि लाई थप मजबुत बनाउन नेपाल प्रजातान्त्रिक संघ केन्द्रिय कार्यालले फार्मेसी पेशाका  भरत बुढा लाई मनोनीत गरिएको हो।

फार्मेसी क्षेत्रको हक , हित र पेशागत सुरक्षाका लागी अग्रणी भुमिका निर्वाह गर्ने बुढा नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेशका पुर्व सचिव रहेका बुढा अध्यक्षमा मनाेनित भएकाे बताएका छन।औसधि तथा औसधिजन्य बस्तु मानव जिवन सङ्ग प्रत्यक्ष सरोकार राख्ने बिसय भएकोले यसलाई राज्यको कानुनी दायरा ,ऐन नियम र सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवा प्रबाहमा नेपाल प्रजातान्त्रिक फार्मेसी संघ सधै अग्र स्थानमा रहने उनले बताएका छन ।

 फार्मेसी पेशा सङ्गै नेपाल विद्यार्थी संघका बौद्धिक नेता रहेका बुढाले फार्मेसी पेशामा राम्राे गर्ने बताएका छन। बुढा फार्मेसी पेशा,ब्यबसाय संगै पछिल्लो पुस्ताको राजनीतिमा बौद्धिक युवामा पर्दछ्न। नेपाल विद्यार्थी संघ होप इन्टरनेशनल कलेजका इकाइ सभापति हुँदै नेपाल विद्यार्थी संघ पुर्वान्चल बिश्वबिद्धालयका उपाध्यक्ष ,प्राबिधिक विद्यार्थी परिषद (FOTs) का उपाध्यक्ष , नेबि संघ सुदुरपश्चिम – काठमाडौ सम्पर्क समितीका उपाध्यक्ष ,नेपाल ट्रेड युनियन काङ्ग्रेस युवा समिति बाजुराका अध्यक्ष ,नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघका सचिब पनि हुन। आफ्नो व्यावसायि संगै राजनीति ,समाजसेवामा उहाँको फरक पहिचान छ। फार्मेसी पेशा लाई मर्यादित बनाउन बुढाको महत्त्वपूर्ण भुमिका निर्वाह हुनेछ।

चर्चामा

सम्बन्धित समाचार