शुक्रबार, साउन ११, २०८१

गजल!

  • सोमवार, साउन ९, २०७९
गजल!

सम्मान जनक बांच्नुछ भने काम सँग प्यार हुनुपर्छ,
आसियाना भएर मात्रै हुंदैन त्यसको सुसार हुनुपर्छ।

शान्ती सु ब्यबस्था चाहिन्छ भने अनुसाशनमा बसौं,
जिन्दगी गुजार्नका लागी सबै लाई रोजगार हुनुपर्छ।

माछालाई पानी जस्तै मानिस लाई सामाजिक भाव,
ठुलालाई सम्मान र सानालाई सफा ब्यबहार हुनुपर्छ।

मन्दीर घरपनिहो जहां प्यार सम्मानकै घालमेलहुंदा,
सबै लाई सम्मानजनक ज्युने समेत आधार हुनुपर्छ।

खानलाई मात्रै जन्मेकै मानवता बिहिन प्राणि होला,
मानिस सँग सधै संसार लाई जित्ने औजार हुनुपर्छ।

प्रत्येक मानिसहरूमा गुण र दोश हुन सक्छन याहाँ,
आफ्नै गुणबाट चिनिएका मान्छे इजज्तदार हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार