शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला समन्वय समिति बाजुराका पदाधिकारीले गरे पदभार ग्रहण

जिल्ला समन्वय समिति बाजुराका पदाधिकारीले गरे पदभार ग्रहण

  • आइतवार, साउन ८, २०७९
जिल्ला समन्वय समिति बाजुराका पदाधिकारीले गरे पदभार ग्रहण

बाजुरा — जिल्ला समन्वय समिति बाजुराका निर्बाचित प्रमुख उप प्रमुख लगायतका पदाधिकारीहरुले आईतबार पदभार ग्रहण गरेका छन । निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निरबिरोध भएर आजै पदभार ग्रहण गरेका हुन । निरबिरोध निर्बाचित भएका हुन जिल्ला समन्वय समिति बाजुरामा पदाधिकारीहरुले एक कार्यक्रमका बिच पदभार ग्रहण गरेको समन्वय समितिले जनाएको छ
समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निरबिरोध निर्वाचित भएका छन ।
त्यसै गरि महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक निरबिरोध निर्बाचित भएको मुख्य निर्बाचन अधिकृत्तको कार्यालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार