शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा ८ करोड बढीका उधारा याेजना

बडिमालिका नगरपालिकामा ८ करोड बढीका उधारा याेजना

  • शनिबार, साउन ७, २०७९
बडिमालिका नगरपालिकामा ८ करोड बढीका उधारा याेजना

बाजुरा — बडिमालिका नगरपालिकामा ८ करोड ४८ लाख ९४ हजार ५ सय ८२ बढीका उधारा याेजना बितरण गरेका पाईएकाे छ । बैशाख ३० गते भएकाे स्थानिय तहकाे निर्बाचन पछि पालिकामा आएका नया जनप्रतिनिधलाई पुरानाे आर्थिक दायित्व रहेकाे बुझिएकाे बडिमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन ।

अघिल्ला जनप्रतिनिधीले अनाधिकृत रुपमा उधारा याेजना बितरण गरेर काम गराउदा समस्या भएको नगर प्रमुख खड्काले बताए । साे दायित्वलाई सुन्यमा झार्न् अनाधिकर्त कर्मचारीकाे ब्यवस्थापन गर्नु पर्ने बताए  ।

अघिल्ला जनप्रतिनिधिले अर्थिक बर्ष ०७६/०७७ र ०७७/०७८ मा एक करोड ३३ लाख ७४ हजार ८ सय १९ र आर्थिक बर्ष ०७८/०७९ मा ६ करोड ६५ लाख १९ हजार ७ सय ६३ रुपैयाँ र कर्मचारी तल ५० लाख दायित्वमा रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा संघ संस्थासंगको साझेदारी र बिभिन्न योजनाहरु पैशा बिना गराएको हुदा बढि दायित्व थप भएको नगर प्रमुख खड्काले बताएका छन । जसमा ०७६/०७७ मा चोयाकोट माबि निर्माणका लागि ३७ लाख ५३ हजार १ सय ४३ रुपैँया दायित्वमा रहेको जनाएको छ ।
त्यसै गरि आर्थिक बर्ष ०७७/०७८ मा बिभिन्न योजनाहरुमा थुवाकाधँ झोपु निर्माणको ६ लाख, १० शैया अस्पताल जग्गा ब्यबस्थापनमा १२ लाख, कैलाशेस्वरी माबि काम बढि भएकोमा १० लाख, खुलामञ्च निर्माणमा १३ लाख ६७ हजार १ सय ६१ रुपैया दायित्वमा रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै खुलामञ्च देखी चैडिलसम्म सडक निर्माणमा १७ लाख ३१ हजार ५ सय ४१ रुपैँया रहेको छ । नेरा माबि भवन निर्माणमा २० लाख १५ हजार ७ सय २७ रुपैया दायित्व रहेको नगरपालिकाको तथ्याङमा उल्ललेख गरिएको छ ।
लक्ष्मी माबि भवन निर्माणको दायित्व १७ लाख ७ हजार २ सय ४९ रहेको पाइएको छ । थुवाकाँध झोपु जोड्ने रेलिङ सहितको बाटो निर्माणमा ५ लाख ७० हजार दायित्वमा रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नेपाली सेनाको ब्यारेक देखी भम्कीचौरसम्मको नालि निर्माणमा २ लाख ५० हजार र पिपलगाँउ खानेपानी मर्मतमा २५ हजार रहेको नगरपालीकाले जनाएको छ । कालाजग्रा पर्यटकिय पार्क तथा पदमार्गमा १ करोड ७० लाख ६६ हजार १ सय ४० र सुधारीएको चुलो खरिद युनिसेफसंगको साझेदारीमा ६२ लाख २५ हजार ५ सय २० रुपैया दायित्वमा रहेको पाईएको छ ।
नगरपालिकाको मेलकाँध सहरी स्वास्थ्य केन्द्र निर्माणमा ५ लाख ४२ हजार ४ सय ४६ रुपैँया दायित्वमा देखीएको छ भने सामाजिक बिकाश मन्त्रालयको साझेदारीमा जडाङ्गा मना सडक सडक बोर्ड संगको साझेदारीमा ८ लाख ५७ हजार ४ सय, जडाङ्गा कोर्ध सडक सडक बोर्डसंगको साझेदारीमा ४ लाख २८ हजार ७ सय र खोला घर सडक मर्मत सडक बोर्डसंगको साझेदारीमा २ लाख १४ हजार ३ सय ५० रुपैया दायित्वमा रहेको उल्लेख गरिएको छ ।
त्यसै गरि बिभिन्न संघ संस्थाको साझेदारीमा १२ लाख र मेलकाँध रजाली सडक मर्मतमा ४ लाख ५८ हजार ८ सय ४६, खडुका देखी जिल्ली छल्पुन्ना सडक मर्मत १ लाख ८१ हजार ३ सय ६५ रुपैयमा दायित्वमा रहेको नगरपालिकाले जनाएको छ ।
त्यसै गरी बहु चर्चित बषपार्क निर्माणमा ४ लाख ४६ हजार ३ सय ६५ रुपैयाँ दायित्वमा रहेको भए पनि बसपार्क भने बनेको छैन । बाजुरा क्याम्पसको पर्खाल मर्मत २ लाख ५५ हजार १ सय ३० रुपैया दायित्वमा रहेको नगरपालिकाको तथ्याङमा उल्लेख गरिएको छ ।
खरमुक्त छाना निर्माणको ३ लाख १८ हजार ५ सय दायित्वमा रहेको छ भने, गत आबको भुक्तानि दिन बाँकी ३ करोड ५० लाख, मना सडकको २५ लाख दिन बाकी रहेको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार