शुक्रबार, अशोज ४, २०८१

गजल!

  • बिहिबार, साउन ५, २०७९
गजल!

आफ्नो सपुत्र समेत गद्धार हुन थाल्यो,
र त राष्ट्रियतामा पनि दरार हुन थाल्यो।

अप्राधी,भ्रष्टचारीहरू सम्मानित हुन्छन,
निर्दोश लाई थुन्ने कारागार हुन थाल्यो।

गरिबहरूको एकता किन बलियो हुदैन,
यिनैलाई नि कुर्चिको हतार हुन थाल्यो।

दुश्मन त आफैमा शक्तिशाली हुँदैहोइन,
हाम्रैफुट उस्लेजित्ने आधार हुन थाल्यो।

भन्छौ यही देशभित्र भ्रष्टचार किन हुन्छ,
याहां त रिस्बत पनि उपहार हुन थाल्यो।

जनताले भन्ने गर्छन किन चाहियो प्रदेश,
दुश्मनकै नतमस्तक सरकार हुन थाल्यो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार