• होमपेज
  • समाचार
  • पानी ट्याङ्कीमा डुबेर दैलेखमा २ बालबालिकाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर दैलेखमा २ बालबालिकाको मृत्यु

  • मङ्लबार, साउन ३, २०७९
पानी ट्याङ्कीमा डुबेर दैलेखमा २ बालबालिकाको मृत्यु

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने ‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । हामीले मातहतका कार्यालयमा बुझ्दा २ बालबालिकाको मृत्यु भएको पुष्टी भएकाे छ।’

चर्चामा

सम्बन्धित समाचार