मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के यस्तो पनि हुनसक्छ?अब देश कता जाला?

के यस्तो पनि हुनसक्छ?अब देश कता जाला?

  • सोमवार, साउन २, २०७९
के यस्तो पनि हुनसक्छ?अब देश कता जाला?

सुरेशकुमार पान्डे — अहिले एउटा प्रचा मुहार पुस्तिकामा आएकोछ यसमा निम्ननुसार लेखिएकोछ।यसमा उल्लेख भएको ठिक सांचो हो भने देशलाई बिदेशीको हातमा बेचिंदैछ भन्नेकुरा प्रष्ट नै हुन्छ।
“भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख डा.विजय थौथाइवालेको उपस्थितीमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष मा.पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाबिच दिल्लीमा भएको सहमतिको नेपाली रूपान्तर” भन्ने प्रचामा लेखेको सहि र सांचोहो भने यि नेताहरू खास गरेर नेपाली कांग्रेस र माओवादी केन्द्र देशको एक नम्वरको दलाल हुन भन्ने प्रमाणित हुन्छ।
“१भारत र नेपाल दुई देशबिचको परम्परागत सम्बन्ध अंझ मज्बुत बनाउन हामि प्रतिबद्ध छौँ।दुई देशबिचको असल सम्बन्धलाई अघात पुराउँदै लिपुलेख लिम्पियाधुरा र कालापानी लगायत भूभाग सहित नेपालको संसद्ले जारी गरेको नयाँ नक्सा अबिलम्ब सच्याउन राजनीतिक प्रसाशनिक पहल गर्न हामी प्रतिबद्ध छौँ।”
उपरोक्त प्रचाको पहिलो धारालाई अध्यायन गर्दा के बुझिन्छ भने हिंजो संसदको भारि बहुमतले काला पानी लिपुलेख लिम्पियाधुरा समेतलाई समेटेर जुन चुच्चे नक्सा लाई पारित गय्रो त्यो देशले गरेको गलति थियो र त्यो गलतिले गर्दा दूवै देशको बिचमा आएको बिवादलाई बुझेर यिनीहरूले त्यो संसदले गरेको फैसलालाई उल्टाएका छन।
“२भारत र नेपाल बिचको सम्बन्धमा आएको दरार उत्पन्न गर्नेगरी नेपालको संसदले जारी गरेको नयाँ नक्सा सच्याउन संसदमा दुईतिहाई बहुमत आवस्याक पर्ने भएकाले आगामि संघीय संसदको निर्वाचनमा बर्तमान वाम लोकतान्त्रीक गठबन्धनलाई अंझ सुदृढ बनाउन प्रतिबद्ध छौँ।”
बुंदा नम्वर दुइले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्यायपछि वा भारतियको आसिर्वाद पाएपछि त्यो पहिले संसदले गरेको गलतिलाई सच्चाउँने प्रयिबद्धता जायर गरेकोछ।माओवादी केन्द्र र नेपाली कांग्रेसले चुच्चे नक्सा बनाउनु र पारित गर्नुलाई गलती ठान्दछन।
“३नेपालको संसदमा हालै प्रस्तुत गरेको नागरिकता प्राप्ती सम्बन्धी नयाँ विधेयकलाई यथाशिध्र पारित गरी वैवाहिक अंगीकृत नागरिकता पाउने सुनिश्चिय बातावरण बनाइने छ।अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सम्वैधानिक अंगका प्रमुखमा रहेको बंदेज हटाउने गरी संबिधान संसोधन गरिने छ।”
यो धाराले भारतियहरूको नराम्ररी दलालि गरेर देशलाई फिजको बाटो सिक्किम पुराउँने प्रतिबद्धतानै जनाएकोछ भनेपनि फरक नपर्ला।
किन की अंगिकृत नागरिकहरू यती हुनेछन जो हाम्रो देशलाई अल्पमत हुन बाट कसैलेपनि जोगाउँन सक्नेछैन र अहिले सम्म अंगिकृत नागरिकहरूलाई सम्बैधानिक प्रमुखमा बस्ने अनुमती छैन।अहिलेको सरकारले त्यो सबै रिकाट तोडेर देशका प्रमुख अंगहरूमा प्रधान मन्त्री र राष्ट्रपती जस्तो ठाउमा पनि बिदेशीलाई बस्ने छुट दिएकोछ।जस्तो फिजीमा पनि त्यंहाको कानूनले महिन्दर चौधरीलाई उजुरी परेपछी हटाएको थियो तर हाम्रो सरकारले देशलाई फिजी भन्दा पनि तल झार्नेप्रयात्न गरेको छ।
“४संघिय संसदको आगामी निर्वाचनपछि वाम लोकतान्त्रिक गठबन्धनका मुख्य शक्ती नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बिच आधा आधा समय सरकारको नेतृत्व गर्न दुबैपक्ष सहमत छौँ।सरकारको नेतृत्वको बिषय हाल भएको भद्र सहमति अनुरूप हुनेछ।”
यो बुंधाले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई वाम लोकतान्त्रिक गठबन्धनको मुख्य शक्ति बताएर आगामी चुनावमा दुबैको तालमेल र आलो पालो सरकार सञ्चालन गर्न प्रतिबद्ध जाहेर गरेकाछन।
“५यस सहमतिको बातावरण निर्माण गर्न प्रदान गरिएको आत्मिय सहयोग र मध्यस्थताका लागि भारत सरकार र भारतीय जनता पार्टी तथा सम्वद्ध सबै प्रती धन्यवाद ज्ञापन गर्द छौँ।
मा.पुष्पकमल दहाल”प्रचण्ड”
श्रीमती आरजु राणा देउवा
१६जुलाई २०२२”
यसरी भारत सरकार र भारतीय जनता पार्टी सँग बसेर यो सम्झौता गरेको यो प्रचाले बताएकोछ।तर मध्यस्थता मा भारतको तर्फ बाट को थियो त्यसबारे प्रचामा उल्लेख छैन।न यसमा कसैको हस्तक्षरनै छ।तर पनि यो प्रचाले मुहार पुस्तिकामा आएकोछ।उपरोक्त सम्झौता भयको ठिक सांचो हो भने देशलाई खरानी पार्न खोजिएकोछ त्यो कामको लागी नेपाली कांग्रेस र मावोवादी केन्द्र लाई परेकाछन।
वास्तवमा हामिले जनयुद्धका ताकपनि शेरवहादुर देउवा र प्रचण्डको एकता देखेका थ्यौं पछि शेर बहादुरले सरकारलाई राजाको झोलीमा हालेका थिए।
अहिले पनि संसद रसरकारमा उनैकोहालिमुहालीछ र आगीमि चुनाउ जित्नकालागी उनिहरूले देशको स्वाभिमानलाई दाउमा लगाउने निर्णय गरेकाछन।यस्तो सम्झौता त सत्य नहोला तर यि ब्याक्तीहरूको ब्यबहार हेर्दा सङ्का पनि लाग्छ।
हाम्रो देशमा औपचारिक सन्धि सम्झौता भन्दापनि समय समयमा यस्ता गुप्त सम्झौताहरू बढी हुनेगरेकाछन।अहिले प्रचण्डले भारतबाट फर्केपछी सामन्य भेटघाटका कुरागरे जनतालाई भ्रमित पारेका त छैनन्?अहिलेको यो प्रचाले झन ठुलो सङ्का उत्पन्न गरेकोछ।यदी सरकारलाई बद्नाम गर्ने उदेश्यले कसैले छद्यम प्रकारको कामगरेकोछ भने त्यो झन ठुलो गद्धार हो भनेर बुझ्नुपर्छ।किन कि कुनै राजनीतिक शक्तिले आर्कोलाई निच देखाउन यती धेरै निच बन्न नसक्नचपर्छ यो हद् दर्जाको गद्धारी हो भन्ने यो पंक्तिकारलाई लागेकोछ।

चर्चामा

सम्बन्धित समाचार