बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान

कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान

  • बिहिबार, असार ३०, २०७९
कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान

बाजुरा — कृषि ज्ञान केन्द्र बाजुरामा कार्यरत कर्मचारी मिनप्रसाद जैशीलाई उत्कृष्ट कर्मचारीकाे रूपमा पुरस्कृत भएका छन । सुदुर पश्चिम प्रदेश सरकार स्थापना पश्चात कृषि बिकास निर्देशनालय दिपायलले कृषि ज्ञान केन्द्रमा कार्यरत रहेका जैशीलाई बाजुराकाे कृषि क्षेत्रमा पुर्याएकाे याेगदानकाे मुल्यांकन गर्दै उत्कृष्ट कर्मचारीकाे रूपमा पुरस्कृत भएका हुन । जिल्लाकाे कृषि क्षेत्रमा राम्राे काम गरेकाे भन्दै पुरस्कृत गरिएकाे  कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जाेशिले बताएका छन् । बाजुराकाे बुढीगंगा नगरपालिकामा वडा नम्बर ६ मा स्थायी घर भएका जैशीले बाजुराकाे कृषि क्षेत्रमा गरेकाे कामकाे उच्च मुल्यांकन गरे वाफत पुरस्कारका लागि कृषि ज्ञान केन्द्रले  सिफारिस गरेकाे थियाे ।
उत्कृष्ट कर्मचारीकाे पुरस्कार पश्चात् जैशीले सामाजिक संजाल मार्फत भनेका छन् मलाई याे पुरस्कारको लागि याेग्य बनाउने हाम्राे हरेक कृषि अभियानमा साथ दिने सम्पूर्ण बाजुराबासी कृषक दाजुभाई तथा दिदीवहिनिहरूलाई मनभरी सम्झेकाे छु । याे सम्मानले बाजुराकाे कृषि क्षेत्रमा थप महत्त्वपूर्ण याेगदान पुर्याउन, यहाँका कृषककाे जिवनस्तर परिवर्तनको लागि दिनरात नभनि काम गर्ने थप उर्जा हाैसला र प्रेरणा प्राप्त भएकाे बताएका छन् ।
जैशी नेपाल निजामति कर्मचारी संगठनका निवर्तमान जिल्ला अध्यक्ष हुन् भने हाल कृषि ज्ञान केन्द्र बाजुरामा अधिकृत स्तर छैटौंमा कार्यरत रहेका छन् । उनी कृषि प्रचार प्रसार अधिकृत समेत हुन् ।

चर्चामा

सम्बन्धित समाचार