शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सडकमा पहिरो लाग्दा आवतजावतमा समस्या

सडकमा पहिरो लाग्दा आवतजावतमा समस्या

  • बिहिबार, असार ३०, २०७९
सडकमा पहिरो लाग्दा आवतजावतमा समस्या

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नं ३ धनाल्त सडकको मेलगडेन मा ५ दिन देखि लगातार आएको अबिरल बर्षा का कारण सडकमा गएको पहिरोले गर्दा नागरिकहरू लाई आवतजावतमा निकै समस्या भयको छ । वडा नं ३ देखि गाउपालिका जोड्ने सडक अन्तर्गत ३ नम्बर को गुदु र धनाल्त बिचको सडकमा गत साल सुरु भएको पहिरो अहिले पनि आएकाले त्यस ठाउँमा आउने जानेलाई समस्या भएको  स्थानीय मङगल बहादुर रावतले बताए ।

 पहिरोले गर्दा हामीलाई आवतजावत का साथै वडा कार्यालय सम्म जान पनि निकै समस्या भोग्नु परेको स्थानीय रावतले बताए  पहिरोले गर्दा हाम्रो सन्तुलित वातावरण बन जङ्गल बिनाश हुनुका साथै प्राकृतिक सुन्दरतामा समेत ह्रास भएकाे स्थानियले बताए ।  बिद्यार्थीहरुलाई बिद्यालय सम्म जान आउन पनि ठुलो समस्या भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी नबराज शाहीले बताए ।  बिध्यार्थी बिरेन्द्र बुढाले भने हामी यस पहिरोले गर्दा साँझ बिहान स्कुल जान आउन पनि समस्या रहेकाे बताए ।

अर्को स्थानीय किस्न रावतले भने हाम्रा छोराछोरी स्कूल त आउछन जान्छन् तर कति बेला माथि बाट पहिरो आउछ कति बेला हाम्रा छोराछोरी छापिन्छन निकै डर लागेको उहाँले बताए यस पहिरो पूर्ण रुपमा बनाउन नसके पनि हामी नागरिकहरू लाई आवतजावतमा सहज बनाईदिन  वडाका जनप्रतिनिधी समक्ष यस वडा का स्थानीय हरुले माग गरेका छन् ।

खप्तड छेडेदह गाउपालिका वडा नं ३ धनाल्तका वडा अध्यक्ष बिर्क बहादुर रावत भने अहिले हामी त्यस ठाउँमा बाटो बनाउने काम भईरहेको छ साथै अब चाँडै यस ठाउका नागरिकहरू लाई आवतजावतमा सहज हुने बताएका छन  ।

चर्चामा

सम्बन्धित समाचार