बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • आवास कार्यक्रममा अनियमितता गरेको स्थानीयद्धारा गुनासो

आवास कार्यक्रममा अनियमितता गरेको स्थानीयद्धारा गुनासो

  • बुधबार, असार २९, २०७९
आवास कार्यक्रममा अनियमितता गरेको  स्थानीयद्धारा गुनासो

टेक बहादुर बुढा — बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आवास कार्यक्रम अन्तरगत खरको छानो हटाएर टिनको पाता बितरण गर्ने कार्यक्रममा अनियमितता गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । गाउपालिकाको आर्थिक वर्ष ०७८/७९ मा आएको आवास कार्यक्रममा गाउँपालिका भरि छनोटमा परेकाहरु मध्ये केही व्यक्तिहरुले आफ्नो रकम नपाएको बताएका छन् यस गाउपालिका को वडा नं १ र ५ का केही व्यक्तिहरु छनोट परेका भएपनि उनिहरुले रकम पाउन नसकेको स्थानियको. गुनासो रहेको छ ।

वडा नं ३ धनाल्तका बिर्क रावतले भने यस आवास कार्यक्रममा मध्य कसैलाई दिने तर कसैलाई नदिने गरेको बताए  ।  गाउँपालिका भरि ६ जती जना मात्र बाँकी छन अब तिनिहरुको रकम नआउने सक्ने भएको उनले बताएका छन । कार्यक्रम किन अनियमितता गरियो यस बिषयको वास्तविक सत्य तथ्य कुरा जनता माझ आउनु पर्ने स्थानीयको माग रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार