बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • अर्थ
  • सेयर बजारमा झिनो सुधार

सेयर बजारमा झिनो सुधार

  • मङ्लबार, असार २८, २०७९
सेयर बजारमा झिनो सुधार

काठमाडौं — पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार भएको छ । मंगलबार ११.६८ अंकले बढेको बजार १९२७.२८ बिन्दुमा रोकियो ।

कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.३५ प्रतिशतले बढेर २३४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, यूनाइटेड इन्स्योरेन्स, सनराइज फस्ट म्यूचअल फण्ड, अरुण काबेली पावरसहितका कम्पनीको मूल्य धेरैले बढेको छ । यस दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्था, आरबीबी म्यूचअल फण्ड, नविल इक्विटी फण्डलगायतको मूल्य भने धेरैले घटेको छ । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भयो ।

चर्चामा

सम्बन्धित समाचार