शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • आगोले जलेकि बाजुराकी २३ बर्षयि लोकशरीको उपचार

आगोले जलेकि बाजुराकी २३ बर्षयि लोकशरीको उपचार

लोकशरीलाइ सञ्चो भएर अस्पताल बाट डिस्चार्ज

  • शनिबार, असार २५, २०७९
आगोले जलेकि बाजुराकी २३ बर्षयि लोकशरीको उपचार

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका १० बस्ने आगोले जलेकी २३ बर्षकि लोकशरी कुवरको उपचार पछि सञ्चो भएको छ । बडिमालिका खबर लगायत सञ्चारमाध्यममा आर्थिक अभाबमा अलपत्र समाचार प्रकाशित तथा प्रशासरण पछि लोकशरीको उपचार भएको हो ।
लोकशरीलाई बिभिन्न संस्था र सहयोगिको सहयोगले अछामको बलयपाटा अस्पताल बाट उद्धार गरेर काठमाडौको पाटन अस्पतालमा उपचार गरिएको थियो । लोकशरीलाई काठमाडौमा उपचार, खान बस्नको सहयोग मेकिडल पुनस्र्थापना संस्था (Medical rehabilitation Organization)  र बि भि एस नेपालले BVS-Nepal (Burns Violence Survivors) ले सहयोग गरेको थियो ।
पाटन अस्पतालमा एक महिना उपचार पछि लोकशरीलाइ अस्पतालले डिस्चार्ज गरेको छ । अहिले मेकिडल पुनस्र्थापना संस्थामा राखेर फिजियो थेरापी गरिरहेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । लोकसरी आर्थिक अभाबमा अलपत्र परेको खबर पछि आफुहरुले उद्धार गरेर काठमाडौ ल्याएको बस्नेतले वताए । BVS-Nepal सँग सहकार्य गरेर उनको उपचार गरेको उनले वताए ।
लोकशरीका श्रीमान एकेन्द्र कुवरले भने पैसा नहुदा बयलपटा अस्पतालले रिफर गरेको ८ दिन सम्म काठमाडौ उपचारमा ल्याउन सकेको थिएन् । अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि थिइन् । समाचार प्रकाशित पछि सहयोग मिलेर काठमाडौमा उपचार पछि सञ्चो भएको खुशी हुदै एकेन्द्रले वताए ।
लोकशरीको ३८ प्रतिशत भाग जलेको पाटन अस्पतालले वताएको थियो । पाटन अस्पतालमा श्रीमतिलाइ पुयाउदा उनको पुरै शरिर भरि संक्रमण फैलिएको बचाउन सक्ने सम्भाबना ४० प्रतिशत भनेको थियो, तर राम्रो उपचार पाउँदा श्रीमति बाचेको एकेन्द्रले वताए ।
मेकिडल पुनस्र्थापना संस्थाले उपचार समस्याका परेका बिरामीलाइ बिगत लामो समय देखी सहयोग गरिरहेको छ । बि भि एस नेपालले संस्थाले बिशेष गरेर जलेर आर्थिक अभाबमा अलपत्र परेका बिरामीको लामो समय देखी उपचार गरिरहेको छ ।
लोकशरी जेठ तिन गते आगोमा जलिन् । खाना पकाइरहेका बेला चुलोमा परेर जलेकि थिईन् । छारेरोग बाट पिडित उनि खाना पकाउदै चुलोमा खसेको धेरै समय पछि घरकाले थाहा पाए । लगत्तै लोकसरीलाई अछामको बयलपाटा अस्पतामा पुयाइयो । त्यहाँ केही दिन राखेर उपचार गरेको भएपनि अस्पतालले उपचार सम्भब नभएको भन्दै रिफर गरेको थियो । उनि अलपत्र रहेको समाचार प्रकाशित पछि मात्र जेठ ११ गते बुढिगंगा नगरपालिका र स्वास्थ्य संयोजक दिपक शाहको सहयोगमा एम्बुलेन्स मार्फत धनगढी पुयाएका थिए ।
जेठ ११ गते बिहान धनगढी पुयाउएका लोकसरीलाई साझँ ७ बजे बुद्ध एयरको जहाजमा टिकट काटेका थिए । काठमाडौ जानलाई एयरपोट पुगेका लोकसरीलाई जहाजले लिन नमानेर फिर्ता गरेको बिरामी सँग रहेका बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताए । चिकित्सकले फिट टु फलाइ भनेर पनि लेखेको थियो धेरै हारगुहार गरयौ, तर बुद्ध एयरलाइन्सको कर्मचारीले बस्ने नसक्ने भन्दै फिर्ता गरेको शाहले वताए ।
धनगढी बिमानस्थलमा कर्मचारीले बोडिङ्ग गर्नलाई समेत बिरामी सहित बोलाए । ५ मिनेट स्टेचरमा बसाउन समेत लगाएका थिए । अन्तमा जहाजमा लिन नमिल्ने गरि फिर्ता पठाएको थियो । जहाजले लिन नमाने पछि ११ गते राति धनगढिमा एम्बुलेन्स खोजेर ३६ हजार भाडा तिर्ने गरि काठमाडौ पुयाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार