• होमपेज
  • कला /साहित्य
  • यो हाम्रो देश नै बिदेशको बजार भयो,

यो हाम्रो देश नै बिदेशको बजार भयो,

  • शुक्रबार, असार २४, २०७९
यो हाम्रो देश नै बिदेशको बजार भयो,

यो हाम्रो देश नै बिदेशको बजार भयो,
सन्धि सम्झौता असमान इकरार भयो।

नागरिकता बिधायक ल्याउनलाई पनि,
बिदेशीको हितामा सरकार तैयार भयो।

जनताहरूले के गर्नुपर्छ भनौ त जबकी,
नेताहरू मध्य देशभित्र धेरै गद्धार भयो।

बिदेशी कलोमा सधै दुम हल्लाए इनैले,
यो राजनीतिपनि त आज ब्यपार भयो।

नागरिकहरू आमूलपरिवर्तन खोज्छन,
यो देश आज कङ्गाल र नाङ्गेझार भयो।

हाम्रो फुटले गर्दा सधैभरी अवसरबादी,
कब्जामा सिहँ दरबार बालुवाटार भयो।

होनहार युवा खान र लगाउनका लागी,
साम्राज्यवादी का ढाल र औजार भयो।

चर्चामा

सम्बन्धित समाचार