बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • अर्थ
  • घुस लिँदै गरेका सब इन्जिनियर पक्राउ

घुस लिँदै गरेका सब इन्जिनियर पक्राउ

  • बुधबार, असार २२, २०७९
घुस लिँदै गरेका सब इन्जिनियर पक्राउ

पर्सा — सहरी विकास तथा भवन कार्यालय पर्साका सब इन्जिनियर रुपेशकुमार दुवेलाईलाई प्रहरीले घुससहित पक्राउ गरेको छ। उनलाई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो। सब डिभिजन वन कार्यालय वसन्तपुर र सब डिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको प्रहरीले बताएको छ।

मूल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार