बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिरेखाेलाका माछापालकको गुनासो, सबै बैँक धाउदा पनि रिण पाईएन

बिरेखाेलाका माछापालकको गुनासो, सबै बैँक धाउदा पनि रिण पाईएन

  • बिहिबार, असार ९, २०७९
बिरेखाेलाका माछापालकको गुनासो, सबै बैँक धाउदा पनि रिण पाईएन

बाजुरा  — कुनै ब्यबासाय गराैँ भने बैकहरुले रिण दिदैन र सर्वसाधारणकाे पहुचमा बैकं तथा बित्तिय संस्थाहरु नरहेकाे पाइएकाे छ ।  उदहरण बडीमालिका ६ कोर्धका विक्रम साउँद र विमल साउँदले भाेगिरहेका छन् । धरै बैक र बित्तिय संस्थामा रिणका लागि पुगेका साउँद दाजुभाइलाइ कुनै पनि बैंक तथा बित्ति संस्थाले पत्याएनन् । पछिल्लाे समय सर्वसाधारणकाे पहुँचमा बैक तथा बित्तिय संस्था नरहेकाे साउँद दाजुभाइकाे गुनासाे रहेकाे छ ।   बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै साउँद दाजु भाइले माछा पालन सुरु गरिरहेका छन । उनिहरु स‌ग लगानी गर्ने श्राेत नभएकाेले ब्यवासाय फस्टाउन नसकेकाे माछा ब्यवासायी बिक्रम साउँदकाे भनाइ रहेकाे छ । स्थानीय दुई दाजुभाइले सयुक्त लगानीमा ट्राउट माछा पालन सुरु गरेका भए पनि व्यवासाय बढाउन आफुस‌ंग भएकाे आर्थिक श्राेतले नपुगेकाे उनिहरुकाे भनाइ रहेकाे छ । बडीमालिका ६ कोर्धका विक्रम साउँद र विमल साउँदले व्यक्तिगत लगानीमा माछा पालन सुरु गरेका छन् । सञ्चालक मध्येका विमल साउँद विदेशबाट फर्किएर माछा पालन सुरु गरेका हुन् । झरनामा रमाउन आउने पर्यटकलाई माछाका बिशेष परिकार दिन सके पनि राम्रो आम्दानी गर्न सकिने विश्वास भएकोले पनि सो ठाउँमा माछा पालन ब्यबासाय फस्टाउने साउँद दाजुभाइकाे भनाइ रहेकाे छ । चिसो र संग्लो पानीमा मात्र पाल्न सकिने माछा भएकोले  पर्वतको फेदीबाट बग्ने नदीकै पानीमा माछा पाल्न थालिएको  उनिहरुले बताए । ट्राउट माछाका लागि बगीरहने संग्लो र सफा अनि चिसो पानीको आवश्यकता पर्ने गर्दछ ।
सुरुमा ५ लाखमा खरिद गरेर ल्याएका माछाका भुराहरु बीचमै गर्मीका कारण मरेका थिए । हिम्मत नहारेरै फेरि थप लगानी गरेर ६ महिना देखि माछा पाल्न नै सुरु गरिएको छ । ट्राउट बाहेक तीन प्रकारका माछा पालन गरिएको बिक्रम साउँदले बताएका छन ।
सुरुवादीमै राम्रो उत्पादन हुने देखिएकोले आफूहरु उत्साहीत बनेको र ५ लाख बराबरका माछाका भुराहरु बाहिरबाट ल्याउदै गर्दा बाटोमै मरे र फेरी माछाका भुरा ल्याउन जिल्लामा रहेका सबै बैक र सहकारी धायौ ब्यबासायीक योजना पनि देखाएयौ कतै कसैले पत्याएनन ब्यबासायीहरुको गुनासो पोख्छन सञ्चालक विक्रम साउँदले बताएका छन् । जिल्ला बाहिर गएर माछा पालन बारे तालिम लिएपछि ट्राउट माछा पाल्न सुरु गरिएको साँउदको भनाई छ ।
संसारमै बिशेष स्वाद र पोषण प्राप्त हुने माछा प्रजातीमा ट्राउट पर्ने गरेको छ । तीन फिट उचाईको बग्ने वालुवा, माटो रहित चिसो पानीमा ट्राउट माछाका लागि आवश्यक पर्ने भएकोले वीरेखोला झरनाको छेउलाई रोजेको सञ्चालकले बताएका छन् ।
माछाका भुरा जिल्ला बाहिरबाट ल्याएर पाल्न सुरु गरेका छन् । महँगो पर्ने ट्राउट माछा २५० ग्रामदेखि १ केजीसम्मको हुने गरेको छ । व्यवस्थीत माछा पालन पोखरी निर्माण गरि ६ महिना देखि साउँद दाजुभाईले माछा पालनमा जोड दिएका छन् ।
हालसम्म १७ लाख व्यक्तिगत लगानी र ५ लाख जिल्ला भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अनुदान सहयोगबाट सुरु गरिएको छ । जिल्लामै पहिलो अभ्यासका रुपमा थालिएको माछा पालन सफल हुने देखिएको छ । हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि विक्री वितरण गर्न पर्यटकीय स्थलको छेउमै भएकोले सहज हुने साउँद दाजुभाइको विश्वास छ ।
ट्राउट माछा विश्वमै लोकप्रीय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र प्रोटीनयुक्त पोषीलो माछाका रुपमा ट्राउट लिने गरिएको छ । यो अभ्यासको बाजुरामा पहिलो सुरुवाद गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार