शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको बझाङमा मसाल जुलुस

मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको बझाङमा मसाल जुलुस

  • बुधबार, असार ८, २०७९
मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको बझाङमा मसाल जुलुस
 अर्थ जङ शाही /बझाङ —  प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।
बुधबार साँझ बझाङको सदरमुकाम चैनपुरमा अनेरास्ववियुका युवा नेताहरुले मसाल जुलुस प्रदर्शन गरेको छ। अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल बहादुर खातीले सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेकाले आन्दोलित हुनुपरेको बताए।
मूल्य समायोजनका नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिँदै सरकारले एकपछि अर्काे अलोकतान्त्रिक निर्णय गरेको छ,’ उनले भने। अनेरास्ववियु बझाङका युवा नेताहरुले मूल्यवृद्धि फिर्ता नलिँदासम्म आन्दोलनलाई निर्णायक बनाउने बताए। सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा भारी मूल्यवृद्धि गरेको हो। सरकारले पेट्रोलको भाउ प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रूपैयाँ बढाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल १९२ रूपैयाँ पुगेको छ।
Seen by Artha Jung Shahi Thakuri at Monday 4:02pm

चर्चामा

सम्बन्धित समाचार