गजल!

  • बुधबार, असार ८, २०७९
गजल!

बनाउ पार्टी शंघर्ष गर अधिकार सबैकोछ,
राम्रो काम गर्नेहरू लाई त प्यार सबैकोछ।

यो देश बनाउनै पर्छ मिलेर देशभक्तहरूले,
मान्छेहरू सँग बैचारिक औजार सबैकोछ।

क्यारिरिष्ट नबने देश र समाजको सेवागर्नु,
यही देशमा दाउँपेचको कारोबार सबैकोछ।

आमूल परिवर्तनका लागी नै चालौँ पाइला,
देशलाई बनाउँने आफ्नो आधार सबैकोछ।

स्वतन्त्र लेखी संसदमै पुग्ने भय्राङ् नबनाए,
हाम्रो देशमा यस्तै घृणित ब्यबहार सबैकोछ।

राजनीति लाई समाज र देशको सेवा ठानौ,
राजनीति त आज पेसा र ब्यापार सबैकोछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार