मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राम बहादुर कटुवालका गजल

राम बहादुर कटुवालका गजल

  • बुधबार, असार ८, २०७९
राम बहादुर कटुवालका गजल

कहिल्यै निरुपण नहुने दण्डहिनताको सवाल उस्तै छ
बार पन्ध्र थान संविधान फेरिए देशको हाल उस्तै छ

न्याय खोज्न भेट्न पाउन जनताले बर्षौ कुर्नु पर्छ
फैसलामा पनि ती सुकिला मान्छेको जाल उस्तै छ

  बढिरहेछन् हत्या हिंसा बलत्कारका घट्ना उसै गरी यहाँ
दोषी र निर्दोषीको हिसावमा पनि न्यायको जाल उस्तै छ

कागजमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र लेखियो हाम्रोमा
देखिन्छ न्याय र सत्यलाई छेक्ने पर्खाल उस्तै छ ।

चर्चामा

सम्बन्धित समाचार