मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराकाे जगन्नाथमा ट्याक्टर दुर्घटनामा परी ३ जना घाईते, अबस्था गम्भीर

बाजुराकाे जगन्नाथमा ट्याक्टर दुर्घटनामा परी ३ जना घाईते, अबस्था गम्भीर

  • शनिबार, असार ४, २०७९
बाजुराकाे जगन्नाथमा ट्याक्टर दुर्घटनामा परी ३ जना घाईते, अबस्था गम्भीर
बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिका वडा ४ काे बगउरा भन्ने ठाउमा दुर्घटना भएकाे ट्याक्टर । तस्वीर : रतन सि‌ह

बाजुरा — बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिका वडा ४ काे बगउरा भन्ने ठाउमा ट्याक्टर दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा जगनाथ ४ कै उजली भण्डारी, बिमला धराला र जगत भण्डारी रहेका छन । स्थानिय हाटबजार बेर्माबाट साेही गाउपालिकाकाे नाराकाेट बामपानि जान लागेकाे सु प प्र ०१-००२ त ५०९३ नम्मरकाे ट्याक्टर सनिबार दिउँसाे ४ बजे दुर्घटना भएकाे स्थानिय रतन सिहंले जानकारी दिएका छन । ट्याक्टर सडक बाट ३० मिटर तल खसेकाे स्थानियले बताएका छन ।
घाईते तिनै जनाकाे उपचार हुनि स्वास्थ्य चाैकीमा पठाएकाे र अवस्था गम्भीर रहेकाेले त्यहाँ उपचार सम्भव नरहेकाे सिहंले बताएका छन् । उनकाे थप उपचारको लागि काेल्टी प्राथमिक केन्द्रमा रिफर गरिसकेकाे स्थानिय सिहंले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जुड्डी प्रहरी चाैकीबाट प्रहरीकाे टाेली घटना स्थल तर्फ गईरहेकाे र घटना स्थाल पुग्न बाकी रहेकाे प्रहरी नायव उपरिक्षिक सुर्य थापाले बताएका छन। घाईतेहरूकाे थप उपचारका लागि एम्बुलेन्सकाे तयारी प्रहरीले गरिरहेकाे प्रहरी नायब उपरीक्षक थापाले बताए ।ट्याक्टर गणेश ठारामगर स्थानियकाे नियन्तणमा रहेकाे स्ठानियले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार