बुधबार, बैशाख १९, २०८१

गजल!

  • शुक्रबार, असार ३, २०७९
गजल!

जसलाई देशको रक्षक ठान्यौ उनै चोर भए,
गल्ली गल्लीमा नारा उनैका ठुला सोर भए।

भन्थे देशको लागी जनताको लागी मर्ने छौं,
हिंजो आज साधुको भेषमा हराम खोर भए।

हिंजो असमान सन्धि खारेज गर्छौं भन्नेहरू,
आज उनै अप्राधीहरू आफ्नै घर फोर भए।

नाचेकाछन बिदेशीको अगाडी छम छम उनै,
साम्राज्यवादी को लागी त शुन को मोर भए।

झरी च्याउँ जस्तै छन राजनीतिज्ञ घर घरमा,
नेताहरू समेत हिंजो आज डोर टु डोर भए।

राज नेताहरूको अदुरदर्शियता र तमाशा ले,
यो देशका जनताहरू धेरै जसो बि भोर भए।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार