बुधबार, बैशाख १९, २०८१

गजल!

  • बुधबार, असार १, २०७९
गजल!

आर्काको जिन्दगी सँग सधै खेल गर्नेहरू देखेकोछुँ,
आफ्नो स्वार्थमा आर्कालाई फेल गर्नेहरू देखेकोछुँ।

धेरै मैलोछस भन्न सजिलो हुन्छ आर्को मानिसलाई,
झुठा आरोप लगाउँदै जेल र नेल गर्नेहरू देखेकोछुँ।

हिंजो आज त चम्चाहरूको मात्र राज हुँदोरैछ याहाँ,
प्रतिष्ठा र शक्तिका लागि पेलापेल गर्नेहरू देखेकोछुँ।

थाहाहुन्छ श्रमजिविहरूले यो संसारलाई सिंगारेको,
तर उनिहरूलाई नै दुनियामा अपहेल गर्ने देखेकोछुँ।

भन्थे अन्नको दाना मिल्दैन हिरा मोती खान्छ कौवा,
ठिक त्यस्तै ब्यबहार नै प्रत्यक्ष अचेल गर्ने देखेकोछुँ।

भ्रष्टचार नहुँने कुनै ठाउँ छैन आमाको काख बाहेक,
राम्रो कामलाई यिनै आंखाले ओजेल गर्ने देखेकोछुँ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार