बुधबार, बैशाख १९, २०८१

गजल!

  • मङ्लबार, जेष्ठ ३१, २०७९
गजल!

सबैका आंखा हुन्छन सबैका कान हुन्छन,
थोरैधेरै समाजमा सबैका योगदान हुन्छन।

यो छुट्टै कुराहो कसैले सुन्न बोल्न नसक्ला,
सबैको मन भित्र बिचारका उफान हुन्छन।

बिभिन्न प्रकारका मान्छे हुन्छन समाजमा,
कोही दयावान त कोही धेरै सैतान हुन्छन।

ए साथि न रिसाउनुस हाम्रो एउटै बर्ग हुँदा
दुःख सुख थुप्रै कुरा आदानप्रदान हुन्छन।

आपसमा एक ढिक्का हुनेहरूनै सधै भरी,
एउटै घर आगनका बलिया जहान हुन्छन।

सेतेको दृष्टीमा त राजनीति गर्नैपर्छ हामी,
हाम्रो लागी देश र गणतन्त्र प्रधान हुन्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार