शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपचार मात्र नभई रगत दिएर ज्यान जोगाउँछन् बाजुराका चिकित्सक

उपचार मात्र नभई रगत दिएर ज्यान जोगाउँछन् बाजुराका चिकित्सक

  • शनिबार, जेष्ठ २८, २०७९
उपचार मात्र नभई रगत दिएर ज्यान जोगाउँछन् बाजुराका चिकित्सक

लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ९ बस्ने ५१ बर्षका धन बहादुर डडालको शरिरमा रगत अभाब भएपछि जिल्ला अस्पताल बाजुरामा मंगलबार भर्ना भए । उनको शरिरमा रगतमा ५.१ प्वान्ट हेमोगोलोबिनको मात्र रहेको थियो । रगत कम भएर धन बहादुरलाई कडा रक्तअल्पता देखिएको थियो ।
रगतका लागि धन बहादुरले धेरै ठाउँमा हारगुहार गरे । तर कतै बाट पनि उनले रगत पाएनन् । धन बहादुरलाई “ए पोजेटिभ” रगतको आबश्यकता रहेको थियो । कतै रगतको ब्यबस्थापन नभएपछि अस्पतालमा कार्यरत डा. जस्मिता बलमपाकिले एक प्वान्ट रगत दिएकि छन् । धन बहादुरलाइ रगतको आबश्यकता रहेको थियो, उनले धेरै ठाउँ खोजे तर कतै नपाएपछि आफुले रगत दिएको बलमपाकिले वताईन् ।
धन बहादुर कि श्रीमति बासमति थापा आँखा देख्दैनन् । बासमतिले रगतका लागि धेरै हारगुहार गरे, तर कतै रगत दिने ब्यक्ति पाएनन् । उनको अबस्था निकै जोखिम थियो, आफुहरुले रगत दिनु भन्दा अरु बिकल्प नै भएन्, डा. जस्मिताले वताईन् । धन बहादुरलाई जस्मिता सँगै एकजना शसस्त्र प्रहरीले पनि रगत दिएका छन् ।
डा.जस्मिता जस्तै जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी बिरामीको उपचार सँगै आफै रगत दिएर बिरामी बचाउने गरेका छन् । चिकित्सले बिरामीको उपचार मात्र गर्दैनन्, रगत दिएर पनि बिरामी बचाउने गरेका बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले वताए । डा. जस्मिता आकस्मीक प्रस्तुती सेवा दिने तालिम प्राप्त मेडिकल अधिकृत हुन् । स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले जिल्ला अस्पताल बाजुरामा उनलाई पठाएको हो । उनको अस्पताल बाजुरा काम गर्न लागेको पाँच महिना भएको छ । उनले ५ जना गर्भवती आमालाई अप्रेसन गरेर बच्चा जन्म गराइ सकेकी छन् ।
धन बहादुर डडाललाई अझै न्युनतम ४ प्वान्ट रगत आबश्यक रहेको छ । सामान्यतया पुरुषमा १२ देखी १८ प्वान्ट रगत हुनुपर्ने रहेको छ । बिगत देखी झै जिल्ला अस्पताल बाजुरामा बिरामीलाइ रगत चाहीएमा स्वास्थ्यकर्मीले दिनु पर्ने बाध्यता रहेको छ । रगत दिने कोही भेटिदैनन्, आफै रगत दिनु परेको चिकित्सक बताँउछन् । स्वास्थ्यकर्मी कहाँ रगत नपाएपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई गुहार माग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो ।
आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवामा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको अस्पतालले जनाएको छ । सुत्केरीका लागि रगतको निकै खाचो हुने गरेको छ, रगत दिने खोज्दै बजार र सरकारी कार्यलय धाउने गरेका छौ, ल्याब असिटेन्ट जगत बहादुर शाहीले वताएका छन् । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त समेत रगत दिन नमाने गरेको उनले वताए ।
अस्पतालमा ब्लोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा ब्लोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । बाजुरामा अत्याधिक रक्तस्राबका कारणले ८ जना सुत्केरीको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार