आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • सरसफाईमा सक्रिय बन्दै मार्तडीका महिला

सरसफाईमा सक्रिय बन्दै मार्तडीका महिला

  • शनिबार, जेष्ठ २८, २०७९
सरसफाईमा सक्रिय  बन्दै मार्तडीका महिला

बाजुरा — सदरमुकाम मार्तडीका महिलाहरु सरसफाईमा अग्रसर बन्दै गएका छन । दिनप्रतिदिन घर आगनमा फोहोर थुप्रिँदै गएपछि बडिमालिका नगरपालिका वडा न ८ र ९ का महिलाहरु सरसफाइमा जुटेका हुन् । घर आगन देखी बजार सम्मको फोहोर व्यवस्थापन गर्न बडिमालिका नगरपालिका वडा न ८ को बडिमालिका नमुना टोल र वडा न ९ को ओखलढुगां बिकाश टोलका महिला समुहहरु जुटेको बडिमालिका नगरपालिकाले जनाएको छ ।
सरसफाई अभियानलाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाको समन्वय तथा आइएनएफ नेपालको प्राविधिक सहयोगमा सो कार्यक्रमलाई अगाडी बढाएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए ।
सदरमुकाम मार्तडी बजार क्षेत्र भित्रका दुई टोलहरुका महिलाहरु हरेक शनिबार सरसफाई अभियान संचालन गर्ने गरेको आईएनएफ नेपालका जिविकोपार्जन संयोजक खेम मिश्रले बताए । आईएनएफ नेपालले बिगत ३ बर्ष देखी सरसफाई, जिविको पार्जन खानेपानी लगायतका कार्यक्रम संचालन गर्दै आएको संयोजक मिश्रले बताए । बडीमालिका नगरपालिकामा १२ वटा टाेल समिति बनाएर सरसफाइ साम्रगीहरु समेत सहयाेग गरेकाे मिश्रले बताए  ।
टिआर फन्टको आर्थिक सहयोगमा आईएनएफ नेपालको आयोजना तथा प्राबिधीक सहयोग र बडिमालिका नगरपालिकाको समन्वयमा दिगो बिकाशका १७ ओटा लक्ष्य मध्य ८ ओटा लक्ष्यमा काम गर्दै आएको आईएनएफ नेपालका जिविकोपार्जन संयोजक मिश्रले बताए । आईएनएफ नेपालले बाजुराका हिमाली गाउँपालिका गौमुल गाउँपालिका बडिमालिका नगरपालिका लगायतका स्थानीय तहमा सरसफाई, जिविको पार्जन, खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको मिश्रले बताए ।

No description available.
मार्तडी बजार क्षेत्रको सरसफाई गर्न सुरक्षाकर्मीको भर पर्नुपर्ने अबस्था रहेकोमा हाल महिलाहरु नै अग्रसर भएर सरसफाई अभियानमा जुटेको बडिमालिका नमुना टोलकी अध्यक्ष लक्ष्मी रावलले बताईन । घरधनी र बहालमा बस्नेले आफ्नै अगाडि सरसफाई नगर्ने भएको कारण उनिहरुलाई समेत टोलको समितिीमा समाबेश गराई सरसफाई अभियानमा लागेको अध्यक्ष रावलले बताएकी छन ।
त्यस सँगै आफ्नो घर अगाडिको फोहोर नउठाउनेलाई जरिवाना गर्ने नियम पनि महिला समुहहरुले निणर्य समेत गरेको भए पनि मार्तडी बजार क्षेत्रका होटलबाट राती आएर नहरको नजिकै फोहोर फालिदिने गरेको बडिमालिका नमुना टोलकी अध्यक्ष लक्ष्मी रावलले बताइन ।
जताततै फोहोर बढेर दुुर्गन्धित हुन थालेपछि सरसफाई गर्ने कार्य महिलाहरुको क्षेमता अभिबृद्धि गरेर सरसफाई अभियानमा जुट्न आईएनएफ नेपालले प्राबिधीक सहयोग गरेको जनाएको छ । हरेक शनिबार कुचो समातेर आफँै महिलाहरु बजारलाई स्वच्छ र सफा राख्न सरसफाई अभियानमा लागेको ओखलढुगां बिकाश संस्थाकी अध्यक्ष सोधा नेपालीले बताइन् ।

No description available.
मुुख्य-मुख्य चोकमा फोहोरको थुुप्रो लाग्दै आएको थियो आवतजावतमा समस्या हुने गरेको बेला टोल समितिका महिलाहरुले सरसफाइ गरेर जम्मा पारिएको फोहोरलाई बोरामा राखी टिप्पर मार्फत डम्पिङ साइट लग्ने कार्य बडिमालिका नगरपालिकाले गरेको जनाएको छ ।

No description available.
स्वच्छ र सफा मार्तडी बनाउन घरधनी र भाडामा बस्नेलाई सरसफाइ अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेकोले सो समन्वयमा नगरपालिकाले गर्ने बडिमालिका नगरपालिकाले जनाएको छ । बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न साप्ताहिक रुपमा सरसफाई अभियान सञ्चालन गरिएको जनाएको छ ।
स्थानिय तह निर्वाचन २०७९ बाट निर्बाचित जनप्रतिनिधीहरुको समेत ध्यान अहिले मार्तडी बजारको सरसफाईमा गएको बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख डम्मर महतले बताएका छन । बजारको सरसफाई लगायत यहो फोहार ब्यबस्थापनमा बडिमालिका नगरपालिका समेत लागिपरेको कार्यबाहक नगर प्रमुख महतले बताए ।

No description available.
आईएनएफ नेपालले पलाष्टीकजन्य पदार्थबाट टोकरी नाग्ला, डाला लगायतका साम्रगी बनाएर आयआर्जनका कार्यमा समेत लाग्न तालिम समेत दिएको आईएनएफ नेपालले जनाएको छ । आईएनएफ नेपालले बिगत लामो समय देखी जिल्लाका बिभिन्न स्थानिय तहमा आयआर्जन खानेपानी सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार