शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रचार प्रमुखमा बाजुराका धनराज पण्डित

काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रचार प्रमुखमा बाजुराका धनराज पण्डित

  • शुक्रबार, जेष्ठ २७, २०७९
काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रचार प्रमुखमा बाजुराका धनराज पण्डित

बाजुरा — नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले प्रचार विभाग प्रुमखको जिम्मेवारी बाजुराका धनराज पण्डितलाई दिएको छ। काँग्रेस प्रदेश समिति सदस्य समेत रहेका पण्डितलाई सूचना, सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखको जिम्मेवारी दिएको हो।

पण्डितले यस अघि नेपाली काँग्रेसको बाजुराको सचिव, प्रवक्ता र संगठन विभागको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। स्थानीय तह निर्वाचन २०७९ मा बडीमालिका नगरपालिकाको नगर प्रमुखमा पराजित पण्डितलाई प्रदेश समितिले औपचारिक जिम्मेवारी दिएको छ।

प्रदेश समिति सभापति वीरबहादुर बलायरले प्रचार विभागको प्रमुख रहेर काम गर्ने जिम्मेवारी सहीतको पत्र पनि हस्तान्त्रण गरेका छन्। पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका पण्डित बोलीमा प्रष्ट र पार्टीमा इमान्दार नेताको छवीले परिचित छन्। पण्डित प्रदे सभापति वीरबहादुर बलायर र हालका प्रदेश प्रमुख देवराज जोशीका विश्वास पात्र पनि हुन्।

प्रदेश समितिलाई काँग्रेस नेता रनसिंह अयडीलाई पनि प्रदेश समिति सदस्य मनोनित गरेको छ। त्रिवेणी नगरपालिकाको नगर प्रमुखको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका अयडीले पछि उम्मेदवारी फिर्ता लिएका छन्। निवर्तमान समितिका बाजुरा जिल्ला सचिव अयडी पार्टी जिल्ला अधिवेशनमा पुन: सचिवमै पराजित भएका थिए। जिम्मेवारी पाउने दुबै जना पार्टीभित्र देउवा संस्थापन पक्षधर हुन्।

चर्चामा

सम्बन्धित समाचार