बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खर्च नगर्नु रिन लाग्ने गरी

खर्च नगर्नु रिन लाग्ने गरी

  • शुक्रबार, जेष्ठ २७, २०७९
खर्च नगर्नु रिन लाग्ने गरी

खर्च नगर्नु रिन लाग्ने गरी मानिसले,
लौरा नबिर्सनु खोला तरी मानिसले।

सबैको पालो आउँछ जाने घरछाडेर,
नेक काम गर्नुपर्छ मनपरी मानिसले।

मरेका मान्छेहरू कहिलै फर्किदैनन्,
प्रित जमाउँ धर्तीमा नडरी मानिसले।

न कमाउँ कसैको हृदय लाई दुखाई,
पाइन्छ पौरखको पेट भरी मानिसले।

आफ्नो विवेकलाई नै प्रयोग गर्नुपर्छ,
उल्झनले समौदा घरी घरी मानिसले।

झेल्नुपर्छ सुख दुःख धर्तीमा आए त,
बगाउँनै पर्छ पसिनाको झरी मानिले।

चर्चामा

सम्बन्धित समाचार