शनिबार, असार २०, २०८३
  • होमपेज
  • देश
  • नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

  • सोमवार, जेष्ठ २३, २०७९
सेयर गर्नुहोस् :
नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

बुटवल — नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार