बुधबार, बैशाख १९, २०८१

गजल!

  • सोमवार, जेष्ठ २३, २०७९
गजल!

हिंजो आज मोवेलकै धेरै कमाल भयो,
अञ्जान ठाउँको समेत देखभाल भयो।

भिरमा उभिएर सेल्फी खिच्दा युवाहरू,
अकालमा पनि उनिहरूको काल भयो।

भन्छन बसी बिंयालो र कुटेखेला धेरैले,
एनजीओलाई फैलाउँने सञ्जाल भयो।

सुकायो रिडिओ केमरा लगायतका सबै,
मोवेल कम्पनि बाहेक धेरै कङ्गाल भयो।

अब त केटा र केटीको मिलन केन्द्र यही,
विवाहित जोडी कयौँको त वेहाल भयो।

मोवेलका थुप्रै राम्रा न राम्रा गुण भेट्टिदा,
आजको दिन यो नै धेरै वे-मिसाल भयो।

नराम्रो नमानौं सांच्चै कुनै कुनैको साथी,
घरबार बिग्रियो र जोगिकै झैं चाल भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार