आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सार्वजनिक सवारीसाधनको भाडा घट्यो,अब सुदुरपश्चिमबाट कहाँ जान कति लाग्छ ? ( सूचिसहित )

सार्वजनिक सवारीसाधनको भाडा घट्यो,अब सुदुरपश्चिमबाट कहाँ जान कति लाग्छ ? ( सूचिसहित )

  • शुक्रबार, जेष्ठ २०, २०७९
सार्वजनिक सवारीसाधनको भाडा घट्यो,अब सुदुरपश्चिमबाट कहाँ जान कति लाग्छ ? ( सूचिसहित )

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो। इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ अर्थात ६.१३ प्रतिशत घटेको थियो।सो अनुरुप अब यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ। त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ ।

एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ । विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ । यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।

यस्तो छ अन्तरप्रदेश चल्ने सवारीसाधनको नयाँ भाडादर :

चर्चामा

सम्बन्धित समाचार