बुधबार, बैशाख १९, २०८१

गजल!

  • बिहिबार, जेष्ठ १९, २०७९
गजल!

ए सरकार को थियो हत्यारा भनिदेउ,
जान्न चाहन्छन जनता सारा भनिदेउ।

देशको शक्तिशाली घेरा तोडेर आयो,
किन गयन जेल ज्यान मारा भनिदेउ।

आज एक्काइस बर्ष पुग्दा पनि याहाँ,
जनताको माझ किन दोधारा भनिदेउ।

सडकमा उत्रिनेछन जनता मुद्धा बने,
लगाउँनेछन गगनभेदी नारा भनिदेउ।

उच्च गरौँ छान विन नागरिक नै थिए,
कां लुकेकाछन ति मतिहारा भनिदेउ।

राजा वीरेन्द्रलगायत दशजना मारिए,
जेल न हुँदा तातेकोछ पारा भनिदेउ।
सुरेशकुमार पान्डे ।

चर्चामा

सम्बन्धित समाचार