सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • थुवाकाधमा रहेको ल्याण्डफिल्ड साईडको बिकल्प खोज्न प्रारम्भिक कमिटी गठन

थुवाकाधमा रहेको ल्याण्डफिल्ड साईडको बिकल्प खोज्न प्रारम्भिक कमिटी गठन

  • बुधबार, जेष्ठ १८, २०७९
थुवाकाधमा रहेको ल्याण्डफिल्ड साईडको बिकल्प खोज्न प्रारम्भिक कमिटी गठन

बाजुरा– सदरमुकाम मार्तडीको फोहोर ब्यबस्थापनको लागि थुवाकाधमा बनाईएको ल्याण्डफिल्ड साईडको बिल्कल्प खोजिने भएको छ । बडिमालिका नगरपालिकाको बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निणर्य गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
बाजुरा सदरमुकामको प्रबेशद्धारमै फोर फाल्ने ल्याण्डफिल्ड साईट निर्माणले मानब स्वास्थ्य देखी जिल्लाको सौन्दर्यता र सिष्टतालाई जानाउने भएकोले यसको बिकल्प खोज्न बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको संयोजगत्वमा ४ जना कार्यपालिका सदस्य १ जना बजार ब्यबस्थापन समिति र १ जना प्राबिधिक गरी प्रारम्भिक समिति गठन गरिएको प्रबक्त धर्मराज पाध्यायले जानकारी दिएका छन् । समितिमा ८ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर थापा, वडा नम्बर ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, कार्यपालिका सदस्य बुदे ल्वार त्यसै गरी निर्मला बडुवाल एक जना बजार ब्यबस्थापन समितिका प्रतिनिधि र सदस्य सचिबका रुपमा नगरपालिकाका प्राबिधिक शंकर कुमार खड्का रहेका छन् ।
प्रारम्भिक समितिलाई असार मसान्तसम्म रिर्पोट बुझाई सक्ने गरि कमिटीलाई जिम्मा दिएको बडिमालिकाका नगर प्रमुख अम्मर खड्काले बताए । सदरमुकामको मुल गेटमै फोहोरका डुंगुर र फोहोर जलाउदा निस्कने धुवाले मानब सरिकमा प्रत्यक्ष असर पर्ने भएका कारण बिगत देखि नै गुनासो हुदै आएको थियो । ल्याण्फिल्ड साईडमा फालेको फोर साईटमै रहेकोबाहुली खोलामा मिसिने र त्यो पानि गएर बुढीगंगा नदिमा मसिने हुदा नदिनै फोहोर हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार