बुधबार, बैशाख १९, २०८१

गजल

  • बुधबार, जेष्ठ १८, २०७९
गजल

सरकार भित्र सधै वैइमान आएको देख्दा,
बिदेशबाट बिषाक्त खदान आएको देख्दा।

आफैलाई पनी समाल्न अपठ्यारो हुनेगर्छ,
मनभित्र आक्रोशकै उफान आएको देख्दा।

कसोगरी समालेकी हौली चेलिले त्यो मन,
रातो बाकसमा त्यो ज्यान आएको देख्दा।

बिर्सिनै सकेका छैनौं हामी जनताले अझैं,
रेलसँगै जहाजको उखान आएको देख्दा।

बनकै बाघ भालु पनि डराउँनथाले अचेल,
मान्छेभित्रकै आज सैतान आएको देख्दा।

स साना बाल बालिकाको चिन्ता नै लाग्छ,
बिदेशबाट मदिरा धुर्मपान आएको देख्दा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार