बिकास वा बिनाश!

  • बुधबार, जेष्ठ १८, २०७९
बिकास वा बिनाश!

सुरेशकुमार पान्डे — कुनै कुनै वेला बिकासले विनास पनि गर्छ। बाटो बनाउँदा रूख बिरूवाको फडानी त सामन्या कुराहो बिधुतलाईन खिच्दा पनि बृक्षहरूको कटान गर्नै पर्छ यो त नभैनहुने बिषयहो।
अहिले सरकारले फोरलाईनको बाटो बनाउँनुलाई नराम्रो त भन्न मिल्दैन धन भय फोरलाईन बाटो बनाउँ बाटो पनि नभै नहुंने जनताको आधारभूत आबस्याकता अन्तरगत पर्छ।
तर सरकार सँग आफ्नो देशलाई आत्मनिर्भर गर्ने योजनाको पहिलो रोजाई हुनुपर्छ।अहिले जुन बाटो हामिसँग उपलब्दछन ति बाटाहरू अस्थब्यस्त छन खराबछन।पहाडी भेगमा त बाटो नाम मात्रकोछ दिनौ वहान पल्टिन्छन।त्यसबाट हुने मानव क्षतीको भरपाई हुने कुरै भयन।
सरकारले त्यो बाटोको मरमत गर्नुपर्छ त्यो आधारभूत आबस्याकता हो।देशमा पावर प्रोजेक्ट निर्माण गर्ने पानी बाट बन्ने बिधुत सबै भन्दा सस्तो हुन्छ त्यो बिधुत् प्रोजेक्ट बाट हजारौं युवाहरूले रोजगार पनि पाउँछन। सरकारले बिगतमा भ्युटावरहरू बनायो त्यसबाट के फाईदा भयो?अहिले फोरलाईनको बाटो को योजनाछ देशमा दुईलाईनको बाटो पनि अब्यबस्थितछ।त्यसलाई ब्यबस्थित गराउँ ताकी कुनै वहान दुर्घटना नहौश दिनौ वहान दुर्घटना हुन्छन उनिहरूको कुनै लेखाजोखा छैन।वहानहरूले टिकटको ब्यबस्था गर्नुपर्छ यात्रुको बिमा योजना हुनुपर्छ।पहाडमा गुड्ने वहान धेरै पुरानालाई रोक लगाउँनुपर्छ।
हाम्रो देश ब्राजिल पछि दोस्रो नम्वरको पानीको धनी देश भनेर चिन्निन्छ।सांचै भन्नेहो भने देशभित्र पिउँनलाई पनि प्राप्त मात्रमा पानी छैन वा ब्यबस्थित गराइएकोछैन।
पानी नभयर कयौं जमिनहरू बञ्जरछन खेती योग्य जमिन बांजो भयकाछन।यतातिर सरकारको ध्यान जांन सकिन।पहाडी भेगमा लेल्थ पोष्टहरूका ठुला भवन त बनाइयो त्यँहा गतिला एम बिबि एस डाक्टर छैनन् एउटा एक्सरे गर्ने मिसिन छैन अर्लाटा साउँड एक्सरा गराउँन सहर बजार आउँनुपर्छ त्यो पनि नागरिक अस्पत्तालमा निसुल्क हुँदैनन्।नागरिको शुभिदाको लागी पनि पहल गरियोस।
नेपालको सरकारले आफ्ना नागरिकहरूलाई बिदेशीहरूको भरमा बांचन बाध्य बनाएकोछ।दुःखको कुरा कुनै गम्भिर बिमारीको उपचार देशभित्र हुन सक्दैन र भारतमा रेफर गर्छन।भारत आर्काको देशहो उसले हामिलाई किन हेरोस?मात्र एउटा सन्धिको माध्याम बाट हाम्रो आवात जावत बढेकोछ त्यो पनि एकतर्फिए असमान सन्धि आखिर कहिले सम्म?
हामि काम खोज्न जानेपनि भारतमा उपचार गराउँन जानेपनि भारतमा समान ओसार्ने पनि भारत बाट अनि यो सरकार केकालागीहो?जनतामा कर बढाउँने जनतालाई दुःख दिने यदी यहि ब्यबहार रहयो भने एकदिन देश सिक्किम हुनेछ।देशभित्रका जनताले राजा आउ देश बचाउ भने जस्तै एक दिन भारत आउ देश बचाउ भन्न बेरछैन।
बिगतका दिनहरूमा मधेसी जनताले भारतलाई ग्वारेको थिए त्यही जनताले देशलाई संसारको आर्को सिक्किम बनाउँन बेरछैन।देशको सरकार निकम्मा भयपछि यो गम्भिर अबस्था सिर्जना हुन कत्ति बेर लाग्दैन।
हरियो बन नेपालको धन भन्दा भन्दै अहिले भारतमा भन्दा कयौँ गुना महंगो काठ नेपालमा भयकोछ।नेपाली जनताले काठ किन्न भन्दा फलाम किन्दा सस्तो भयकोछ एउटा गाभको ढोका हाल्ने पैसामा तिनौटा फैबरका ढोका लगाउँन सक्छन।
किसानहरूको बारीमा तरकारी सडेकोछ तर बिदेशबाट आयात गर्छन।देशलाई खोकलो बनाउँन लगातार प्रयात्न भयकोछ।हाम्रो देशमा फलफूल पनि बिदेशबाट आयात गर्ने भयकोले धेरै महंगोछ आम जनताको पहुंच भन्दा माथि तरकारी भयकोछ।
पेट्रोलियम पदार्थमा भयको महंगिले आमा जनतालाई ठुलो असर परेकोछ तरपनि सरकारले त्यसलाई नियन्तरण गर्न असफल भयकोछ।
सरकारले बिधुतिय चुला किन्न आवहान गर्दै भनेको थियो हामि सँग बिधुत कहां बेच्ने समस्यछ।तर बिधुतको लाइन तार झरझर छन भिधुतको वोल्टेज कम भयर घरमा बालेको बत्ति मधुरो हुन्छ यो अबस्थामा कसरी बिधुतिय चुलामा खाना पकाउँने?सरकारले एकपछि आर्को झुठको सहारा लिएर आफ्नो आयु लम्बाउँने प्रयात्न गर्दैछ।
चुनावको वेलामा अनाबस्याक झुठा आस्वासन दिएर जनताको बुद्धी भुटेर भोट प्राप्त गर्नको लागी अप्नाएका यि र यस्ता हतकण्डाले देशमा बिकास होइन देशको विनास गर्नेछ।देशको सांच्चैभन्दा बिकास गर्ने मनछ भने अनाबस्याक खर्च लाई कटौती गरौँ सबै भन्दा पहिले संघियतालाई खारेज गरौं र त्यो पैसाले देशको बिकास गरौँ।स साना उद्दोग आफ्नै लगानीमा खोलेर देशलाई आत्मनिर्भर गराउँ।
युवाहरूलाई रोजगार आफ्नै देशमा दिने ब्यबस्था गरौं यता तिर सरकारको ध्यान जावस।अन्याथा देशको आर्थिक अबस्थाको टाटपल्टाईले देश असफलता तिर लम्किने निश्चितछ।त्यो अबस्थामा हाम्रो देश मिनि इन्डिया त भयकैछ त्यसपछि सिक्किम जस्तै अबस्था हामिलाई ब्यहोर्न नपरोस।
संघियता हाम्रो देशलाई आबस्याकता नभयको खर्चिलो ब्यबस्थाहो भन्ने कुरा कसै बाट लुकेको पनिछैन।जुन देशमा एउटा सरकारले काम चलेको थियो त्यहां आठौटा सरकार र नौवटा संसद छन त्यही अनुपातमा देशको खर्चछ तर देशमा यायश्रोत भने छैन त्यसकारण सरकारले समयमै बिनासकारी बाटो छाडेर अग्रगामी बाटो अप्नाउनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार