सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बडिमालिकामा पुजा गर्न पुगिन राष्ट्रपती भण्डारी

बाजुराको बडिमालिकामा पुजा गर्न पुगिन राष्ट्रपती भण्डारी

  • बुधबार, जेष्ठ १८, २०७९
बाजुराको बडिमालिकामा पुजा गर्न पुगिन राष्ट्रपती भण्डारी

बाजुरा — बाजुरा जिल्लाको सबै भन्दा ठुलो धार्मीक पिठको रुपमा चिनिएको बडिमालिका मन्दीरमा पुजा गर्न राष्ट्रपती बिद्यादेवी भण्डारी आईपुगेकी छन । गंगादसहराको दिन अर्थात आज बडिमालिकामा भब्य पुजा आजा   हुने भएकोले बडिमालिका माताको दर्शन गर्न राष्ट्रपती भण्डारी आईपुगेकी हुन ।
राष्ट्रपति विद्यादेवि भण्डारी धार्मीक भ्रमणको सिलसिलामा बाजुराको बडिमालिका मन्दिरमा पुजा गर्न हेलीकप्टर मार्फत पुगेको नेपाल प्रहरीले जनाएको छ । बुधबार ७ बजेर ३० मिनेटमा बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा पुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन ।

बडिमालिका शक्तिपीठ दर्शनका लागि उनि आज  बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मंगलबार काठमाडौंबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले हिजो पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। भण्डारी हिजो सुर्खेतस्थित नेपाली सेनाको  पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। भ्रमण सकेर उनी आजै काठमाडौं फर्किने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीका अुनशार नेपाली सेनाको बाजुरा स्थित दुर्गा भञ्जन गुल्म प्रस्थान भएर बडिमालिका पुजाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन । पर्यटकीस्थल बडीमालिका अवलोकन र दशर्न गरेर फर्किने बताएका छन ।
बडिमालिका मन्दीरमा बर्षको दुई पटक पुजामेला लाग्ने गरेको छ । बडिमालिकामा गंगादसरहराको दिन र जनैपुणर्ीमाको दिन पुजा पुजा गर्ने र मेला लाग्ने गरेको छ ।
जसअनुसार राष्ट्रपती भण्डारी पनि पुजाका लागि बाजुरा आउनुभएको हो । बाजुराको बडिमालिकामा पुजापछी फर्किने कार्यक्रम रहेको सुरक्षा अधिकारीले बताएका छन ।
गंगादशहराको दिन लाग्ने बाजुराको बडिमालिकामा राष्ट्र प्रमुखहरु बिधीवत रुपमा पुजा भर्न आउने गरेको ईतिहास रहेको छ । यस अघीका बर्षहरुमा हरेक बर्ष लाग्ने मेलामा देशका राष्ट्र प्रमुख र उच्च पदस्त ब्यक्तीत्वहरुबाट पुजामा सरिक हुने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार