मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • सोमवार, जेष्ठ १६, २०७९
गजल!

न कतै हुन्छ बिकास देशमा,
छ दुःखैदुःखको रास देशमा।

नौलो जनवादी क्रान्ति भनेर,
कुर्लिनेहरूको तमास देशमा।

पुजिसनमा समाजवाद आयो,
जनताको धेरै उपहाश देशमा।

कुहिराको काग भयो सच्चाई,
झुठ उस्तै छ बकवास देशमा।

एकता छैन एउटै सन्तान पनि,
हुन्छ आपसी पर्दाफास देशमा

पुंजिवादी ब्यबस्था भित्र किन
सही फेलछ झुठ पास देशमा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार