मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • शुक्रबार, जेष्ठ १३, २०७९
गजल!

समाजमा अन्ध विस्वास धेरै हुन्छ,
सांचो बोल्दा नी उपहास धेरै हुन्छ।

अंझै छुवाछुत माग धामी झांक्रीको,
त्यसैले त अकालमै नास धेरै हुन्छ।

सबैलाई धन चाहियो बिकास शुन्य,
नागरिक को बाहिरै बास धेरै हुन्छ।

जिताउछौँ देशभक्त सम्झेर हामीले,
सरकारमा बिदेशीकै दाश धेरै हुन्छ।

जति चुनाव भयपनि फाइदा भन्दा,
जनताको समस्यानै खास धेरै हुन्छ।

हामी भागेपनि यो पेट सधै अंगाडी,
त्यसैले त समस्यको रास धेरै हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार