सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका कार्यकारी माथीको दुर्व्यवहार की अरु केही ? कारण यस्तो हो !

बडिमालिका नगरपालिकाका कार्यकारी माथीको दुर्व्यवहार की अरु केही ? कारण यस्तो हो !

  • शुक्रबार, जेष्ठ १३, २०७९
बडिमालिका नगरपालिकाका कार्यकारी माथीको दुर्व्यवहार की अरु केही ? कारण यस्तो हो !

बाजुरा — बाजुराको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माथि दुर्व्यवहार भयो भन्ने घटनाले सामाजिक संजाल तताएको छ । बिभिन्न फोटोहरु र भिडियोहरु पनि समाजिक संजालमा देखीएका छन । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल माथि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा बाेलाइएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा बाेलाउन नेकपा एमालेका नेता तथा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा, केन्द्रिय सदस्य लाल बहादुर थापा लगायतका नेताहरुले प्रहरीलाई बोलाएर ल्याउन भनेका थिए । तर प्रहरीको ढिलाई पछि नेकपा एमालेका कार्यक्रताहरुले बोलाएर ल्याएका थिए ।
जिल्ला प्रशासन कार्यालयको अगाडी धर्नामा बसेका आन्दोलनरत पक्षले झम्टीन सक्छन भन्ने मनासायले सुरक्षाका साथ कृर्षि ज्ञान केन्द्रको गेटबाट केही एमालेका युवाहरुले हात समाएर जिल्ला प्रशासनको गेटमा जहा सुरक्षाकर्मी रहेका थिए सो ठाउँसम्म लगेको नेकपा एमाले कार्यक्रता जलन थापाले बताए । तर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र कर्मचारी युनियनले भने एमाले कार्यकर्ताले दुर्व्यवहार गरेकाे वताएका छन् ।

यता बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले भने कार्यालय समयमा आएर हात समाएर लगेकाे बताए । हुल सहित गएका नेकपा एमालेका कार्यक्रताहरुले समातेर लग्दा हुलमा नगरपालिकाकाे सरकारी माेबाइल फाेन समेत हराएकाे प्याकुरेलले बडिमालिका खवरलाइ बताएका छन । उनले भने अभद्र ब्यबाहार भन्ने की  दुर्व्यवहार भन्ने भएकाे चाही हात समाएर लगेकै हुन र सरकारी माेबाइल  हराएकाे छ उनले भने ।  आफुलाइ फाेन गरेर बाेलाए पनि जान सकिने कुरामा यति ठुलाे हुल सहित आएर कार्यलय समयमा यस्ताे ब्यबाहार गरेकाे उनले बताए ।  आफु कुनै पनि पार्टीकाे लागि नलागेकाे भए पनि आराेप मात्रै रहेकाे बताएका छन ।

शुक्रबार कार्यालयमा काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल माथि नेकपा एमालेका कार्यकर्ताले कार्यकक्षमै गएर दुर्व्यवहार गरेको भन्ने कुरा झुटो रहेको एमाले बाजुराले बताएको छ । जिल्ला प्रशासनमा छलफलको समयमा सहायक प्रमुख जिल्ला अधिकारीले दाताराम प्याखुरेललाई पनि बोलाउ भनेपछि उहालाई प्रसासनमा बोलाएको हो उहामाथि हातपात तथा दुब्यबहार नभएको बताएका छन् ।
यता नेपाली काँग्रेस सम्रर्थक जिल्ला देखी केन्द्रसम्मका कर्मचारी संघ संगठनहरुले कार्यकारी माथी अभद्र दुर्व्यवहार गरेको भनेर बिज्ञप्ती जारी गरेका  छन् । सोही क्रममा बडिमालिका नगरपालिकाका कर्मचारीहरुले समेत बिज्ञप्ती जारी गरेका छन ।
बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमालेका कार्यकर्ताहरुले शुक्रबार दिउँसो यथा स्थितिमा मतगणनाको माग गर्दै सदरमुकाम मार्तडीमा समेत निर्वाचन आयोगका विरुद्धमा प्रर्दशन गरेका थिए ।
प्रर्दशनकै क्रममा जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका एमालेका कार्यकर्ताहरुले बुढीगंगामा बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले आफ्नो पदिए जिम्मेवारी भुलेर काँग्रेसको समर्थनमा खुलेरै सहयोग आरोप लगाएको छन् ।

चर्चामा

सम्बन्धित समाचार