सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • निर्बाचन आयोगले बुढीगंगाको जनमत बिरुद्ध निर्णय गरेको भन्दै आन्दोलन

निर्बाचन आयोगले बुढीगंगाको जनमत बिरुद्ध निर्णय गरेको भन्दै आन्दोलन

  • शुक्रबार, जेष्ठ १३, २०७९
निर्बाचन आयोगले बुढीगंगाको जनमत बिरुद्ध निर्णय गरेको भन्दै  आन्दोलन

बाजुरा– निर्बाचन आयोगले बुढीगंगा नगरपालिकाका जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुरा आन्दोलनमा उत्रेको छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्णय प्रति एमालेले आन्दोलन गरेको नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताए । बुढीगंगा नगरपालिकाका जनताको मतको कदर नगरी सत्ता र शक्तिका भरमा गरेको निर्णय प्रति साफेँ मार्तडी सडक खण्ड शुक्रबार बिहान देखी डाव बजार देखी बल्देसम्म सडक अबरुद्ध गरेका छन् ।
निर्बाचन आयोग नेपालले जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाका भरीको निर्बाचनलाई रद्ध गरेर पुन निर्बाचन गराउन बिज्ञप्ती निकालेको छ । नेपाली काँग्रेले २, ३, ५ र ९ नम्वरमा नेकपा एमालेले बुथ कब्जा गरेको आरोप लगाउदै आएको छन, भने नेपाली काँग्रेशले ४ र ७ नम्बरमा बुथ कब्जा गरेको आरोप छ । ४ नम्बरमा १,७०९ जना मतदाता मध्य १,६९९ मत खसेका छन । यो ९९.४१ प्रतिशत हुन्छ । नेकपा एमालेको जनताले गरको मतदानको कदर गर्दै यथासिघ्र मतगणना हुनुपर्ने माग राख्दै आएका छन् । नेपाली काँग्रेशले पुन निर्बाचनको माग राख्दै आएको छ ।
बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा सुरक्षा ब्यवस्थामा गम्भीर लापरबाही गरेकोले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएपी चतुरभुज ओझा र सशस्त्र प्रहरीका प्रमुख डिएपी दिपक बिष्टलाई तीन दिन भित्र हटाउन निर्णय गरेको छ ।
साफे मार्तडी सडक अबरुद्ध गर्दै दिनेश थपलीया मुर्दाबाद, निर्बाचन आयोग मुर्दाबाद, परमादेशी सरकार मुर्दाबाद, जिल्ला प्रशासन कार्यालय मुर्दाबाद नारा सहति नगरबासी सडममा उत्रेका छन् ।
बुढीगंगा नगरबासीद्धारा डाव बजार, मालिका बजार, मालिका बाजुर रिठा बजार, बेतालमाण्डौ बजारमा चक्का जाम सुरु गरेका छन् । त्यसै गरी भम्क बाजार, बाम्का बजार, फालासेन बाजरा ताँप्रीसेरा बजार र बन्दे बजारमा समेत चक्का जाम गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुरालाई सो चक्का जामबारे कुनै जानकारी नभएको डिएपी चतुरभुज ओझाले बताएका छन् । जानकारी छैन बुझेर खबर गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार