आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा निर्बाचान बिबाद : काँग्रेस र एमाले उच्च अदालत

बुढिगंगा निर्बाचान बिबाद : काँग्रेस र एमाले उच्च अदालत

  • बिहिबार, जेष्ठ १२, २०७९
बुढिगंगा निर्बाचान बिबाद  : काँग्रेस र एमाले उच्च अदालत

बाजुरा — बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका विवादलाई लिएर नेपाली काँग्रेस नेकपा एमाले उच्च अदालत पुगेका छन । नेकपा एमालेका कार्यकर्ताले धाधली गरेको र मतदाताहरुको मत आफैले हालेको आरोप सहित नेपाली काँग्रेसले पुन मतदान गर्नका लागि उच्च अदालतमा रिट दायर गरेको जनाएको छ ।

त्यस्तै नेकपा एमालेको टोलीले बुधबार मतगणना गरिपाँउ भनि उच्च अदालतमा दिपायलमा रिट दायर गरेका जनाएको छ । एमालेले मतदान भएमा वडा नम्बर ४ र ७ मा पनि हुनुपर्ने माग राखेको उच्च अदालतको एक श्रोतले जनाएको छ । मतदान सकिएको दुई साता वितिसक्दा पनि मतगणना हुन सकेको छैन ।
नेकपा एमालले लामो समयदेखि मतगणना रोकिएकाले तत्काल गणनाको कार्य सुचारु गर्नका लागि अदालतमा निवेदन दिएको बताईएको छ । पुनः मतदान र मतगणनाका लागि दुई ओटै पार्टीले रिट दायर गरेपछि बिहीबार एक पक्षसंग छलफल भए पनि १६ गतेका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालत दिपायलले जनाएको छ ।
निर्वाचन अधिकृत विहिन रहेको नगरपालिकामा जेठ ९ गते जिल्ला अदालत बाजुराका श्रेष्तेदार पुष्पराज पाण्डेलाई आयोगले निर्वाचन अधिकृृत तोकि सकेको छ ।

चर्चामा

सम्बन्धित समाचार