मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • मङ्लबार, जेष्ठ १०, २०७९
गजल!

देशभित्र गरिबमारा सरकार भयपछि,
के लाग्छ ब्यबस्था नै बिमार भयपछि।

भोटको गिन्ती अंझैपुरा भैसकेकै छैन,
हेरौं त महंगी बढाउँन हतार भयपछि।

देशमा बिकास यसकारण भएकोछैन,
सत्तामा बिदेशीका बफादार भयपछि।

कसरी शान्ती सुब्यबस्था आउँछ यहाँ,
समाज मा लडाइका आधार भयपछि।

भन्छन देश त समाजवादमा गै सक्यो,
आर्थिक टाटपल्टेर नाङ्गेझार भयपछि।

युवा जवान बिदेशिय नेता दलालभए,
कसरी जोगिन्छ यो ब्यबहार भयपछि।

देश धरापमा पर्दा जातिय बिभेद किन,
देश अखण्ड हुँनेछ सिस्टचार भयपछि।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार