मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • शनिबार, जेष्ठ ७, २०७९
गजल!

भौतिकवादको त सारै अनिकालछ देशमा,
एक्किसौं सदिमा पनि उस्तै चालछ देशमा।

धामी झांक्री र झाड् फुक बाट अछुतो छैन,
बलीचढाउने परमपरा हरेक सालछ देशमा।

कत्तिका धार्मिक हुन्छन मुर्ती पुजा गर्नेहरू,
हेरौं त मन्दिर आफै पनि कङ्गालछ देशमा।

पोखेर आउँछन लोटाभरीको दुध ढुंगालाई,
कुपोषणको सिकार आफ्नै लालछ देशमा।

समाज लाई कसोगरी शिक्षित पार्ने भनौँ त,
लुट मारमा मान्छेहरू को ब बालछ देशमा।

भन्छन चुनावकै वेला बिकासको योजनाछ,
बिकासमा उनै नेताको आल टालछ देशमा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार