मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • शुक्रबार, जेष्ठ ६, २०७९
गजल!

दुनियामा सांच्चै अपहेलित मजदुर भयो,
यहाँ पुँजिवादको अत्याचार भरपुर भयो।

भ्रष्टचारिको नै बोलवाला हुन्छ सधैभरी,
त्यसैले जेलनेल जहांपनि वेकसुर भयो।

देशभित्र शहिदको खेति नभयको होइन,
उनै शहिदका सपनाहरू चक्नाचुर भयो।

सरकारमा जुन गएपनि ब्यबस्था उस्तैछ,
गरिवको भोटनै धनिलाई कोहिनूर भयो।

झनपछि झन सर्वहारा हुनथाले किसान,
बाजलेे बिघा,छोरा कट्ठा नाति धुर भयो।

नेताले खुब प्रचार गर्छ बिधुत् कहाँ बेचौँ,
हो चुनावपछि १८घन्टा बिधुत फुर भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार