शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ
  • बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

  • बिहिबार, जेष्ठ ५, २०७९
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका ३७ वर्षका प्रकाश रेग्मी छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो । बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी श्याम कुमार महतोले बताए । २०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।रातोपाटीबाट

चर्चामा

सम्बन्धित समाचार