शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • पराजित राेकाया एमालेकाे बिजयी जुलुसमा भएपछी‍‍‍..

पराजित राेकाया एमालेकाे बिजयी जुलुसमा भएपछी‍‍‍..

  • सोमवार, जेष्ठ २, २०७९
पराजित राेकाया एमालेकाे बिजयी जुलुसमा भएपछी‍‍‍..

बाजुरा —गौमुल गाउँपालिकामा काँग्रेस बाट उम्मेदवार बनेका हिरेन्द्र बहादुर रोकाया एमाले उम्मेदवार हरि बहादुर रोकाया सँग पराजय भए । हिरेन्द्र नेकपा एमालेको विजय जुलुसमा हरि बहादुर रोकायालाई बधाइ दिदै जुलुसमा सहभागि भए । हिरेन्द्र रोकाया जुलुसमा सहभागि भएको तस्बीर अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ ।
हरि बहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका थिए । नेपाली काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजय गरेका छन् । बाजुरामा हारजित भएपछि प्राय झै झगडा धेरै हुने गरेका छन् । २०७४ मा स्थानिय चुनावको बिषयलाई लिएर उच्च अदालत सम्म पुगे, केहीको अहिले सम्म राम्रो बोलचाल समेत छैन् ।
पराजित रोकायाले विजयी जुलुशमा सहभागि भएको तस्बीर राखेर फेसबुकमा यस्तो लेखेका छन् । “लोकतान्त्रिक प्रणालिमा विजय सत्य कुरा हो । स्विकार्नुको विकल्प छैन । सत्ता शक्तिको पनि चुनावि प्रतिष्पर्धा । सम्पुणर् गौमुल अविभावकको भुमिका हुनेछ भन्ने कुरामा मेरोे पाटिको सहयोग र जनभावना हरेक गतिलो प्रतिक्रिया दिने गरि साथ मतदान हुने विशेष विशेष आभार आभार गर्दै गाँउपालिका अध्यक्ष सम्पुणर् हार्दिक बधाई बधाई तथा कार्यकालको शुभकामना” ! लेखेका छन् ।
हरेक ठाउँमा पक्ष र बिपक्ष बिच झडप देखी भाला हानाहान समेत भएका छन । बाजुराको स्थानिय चुनाव शुरुवात देखीनै धेरै ठाउँमा झडप भएर धेरै ठाउँमा हवाइ फायर समेत गर्नुपरेको थियो । सदरमुकाम मार्तडीमा राजनितिक बिषय लिएर दैनिक झै झगडा भइरहेका छन् । तर बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा भने त्यस्तो नभएर जितेका उम्मेदवार र हारेका उम्मेदवार एकै र्यालीमा देखीएका छन । बाजुरामा झगडा मात्रै हुदैन सद्धभाव पनि हुन्छ भन्ने कुराको गौमुल गाउँपालिकाले सुरुवात गरेको पाइएको छ ।
यसरी एमालेको विजयी उत्सवमा सहभागी हुनु राम्रो संस्कार भएको सामाजिक संजाल कर्ताहरुको भनाई राखेका छन् । विजयी गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया र पराजय भएका हिरेन्द्र रोकाया सँगै र्यालीमा जानु राजनीतकी संस्कारको बिकाश भएको मानिएको छ ।

चर्चामा

सम्बन्धित समाचार