शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • आइतवार, जेष्ठ १, २०७९
गजल!

सबैका अनुहार उजगार हुन्छ घरी घरी,
कुनैको जित कुनैको हार हुन्छ घरीघरी।

कसैले त जिवन नै बिताए वेइमानी गर्दै,
कसलाई इमान सँग प्यार हुन्छ घरिघरी।

जनताले त छानेर पठाउँछन सिखर मा,
नेता बिदेशीको बफादार हुन्छ घरी घरी।

पढेकाले जान्दछन् कि परेकाले भन्छन,
अनुभवीको थोरै आधार हुन्छ घरी घरी।

कस्ले जित्यो कस्ले हार्यो कागलाई वेल,
भ्रष्टचारका उनै औजार हुन्छन घरी घरी।

मतदान गरेपछि अब पछुताई के फाइदा,
गाइड गर्ने वेला अहेंकार हुन्छन घरीघरी।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार