शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको स्वामिकार्तिकमा २०७४ मा पराजय काँग्रेसका दुबै उम्मेदवार विजयी

बाजुराको स्वामिकार्तिकमा २०७४ मा पराजय काँग्रेसका दुबै उम्मेदवार विजयी

  • आइतवार, जेष्ठ १, २०७९
बाजुराको स्वामिकार्तिकमा २०७४ मा पराजय काँग्रेसका दुबै उम्मेदवार विजयी

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिकामा नेपालि काँग्रेसका अध्यक्ष र उपाअध्यक्षका दुबै उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस बाट अध्यक्ष भरत बहादुर रोकाया र उपाअध्यक्ष मैना जोशी विजयी भएका हुन् ।
रोकायाले २ हजार ११ मत ल्याएर विजयी भएका छन् । रोकाया प्रतिद्धन्दी नेकपा एमाले चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्याएका छन् । नेकपा एकिकृत समाजवादीका चिरिन्जीवि शाहिले १२ सय ८२ र स्वतन्त्र उम्मेदवार विमल बहादुर शाहिले ३१ मत ल्याएका छन् ।
त्यस्तै निर्वाचित उपाअध्यक्ष मैना जोशीले १८ सय १० ल्याएकि छन् । उनकि प्रतिद्धन्दी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याएकि छन् । त्यस्तै माओवादी केन्द्रका सुरेश बहादुर रोकाया १२ सय १३ र स्वतन्त्र उम्मेदवार बिर सिं बिकले ४१ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका दुबै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए । २०७४ सालमा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरन्जिवी शाहीले सँग पराजय भएका थिए । रोकायाले १७ सय ५६ र शाहीले २४५९ मत ल्याएका थिए । शाही २०७४ मा एमाले बाट लडेका थिए । नेकपा फुटेपछि शाही नेकपा एकिकृत समाजवादीमा लागेका थिए ।
निर्वाचित उपाअध्यक्ष मैना जोशीले २०७४ मा नेकपा एमालेका उम्मेदवार मिमा बुढा सँग पराजय भएकी थिईन् । मैनाले १६ सय ७९ र मिमाले २३ सय ६० मत ल्याएकि थिईन् । स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेको फुटले काँग्रेसलाई फाइदा भएको छ ।
गाउँपालिका १ मा नेकपा माओवादीका अजय बहादुर बिक, २ मा नेपाली काँग्रेसका बिष्णु बहादुर बुढा र ३ मा नेकपा एमालेका प्रेम बहादुर कटेल बिजयी भएका छन् । वडा नम्बर ४ मा काँग्रेसका सिंह धामि र वडा नम्बर ५ मा अम्मर बहादुर सिंह विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित रोकाया नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिब समेत हुन् । स्वामिकार्तिकमा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीको गठबन्दन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा एकिकृत समाजवादी बाट र उपाअध्यक्षमा नेकपा माओवादीका लडेका थिए । वडा नम्बर १, २ नेकपा माओवादी र ३, ४, ५ नेकपा एकिकृत समाजवादीले वडा अध्यक्ष लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार