शुक्रबार, बैशाख १४, २०८१

गज़ल!

  • शनिबार, बैशाख ३१, २०७९
गज़ल!

शान्ति पुर्वक नै भयो मतदान खुसि लाग्यो,
सुन्दर थ्यो स्युजामा प्राबधान खुसि लाग्यो।

धेरैले बुझिसकेकाछन अब बिकास गर्नैपर्छ,
चल्दैन त्यसै राजनीति दोकान खुसि लाग्यो।

कति शुन्दरछ हामी जन्मिएको ठाउं केभनौं,
कुनैपनि त लडेनन् जाना जान खुसि लाग्यो।

देखिन्छ सेतो हिमाल चल्यो बिस्तारै बतास,
कसैलेनि सुनाएन झुठा उखान खुसि लाग्यो।

धेरै पछि भेट हुंदापनि नभुलेका साथिहरूले,
सबैले गरेकै देख्दा त्यो सम्मान खुसि लाग्यो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार